Erani Mahal
पाल्पामा अनेरास्ववियुको प्रशिक्षण : ओलीको सत्ता छोटिदैछ तामाङ्ग
g
पाल्पा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) पाल्पाको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विद्यार्थी युनियनका केन्द्रीय सह-संयोजक रञ्जित तामाङले प्रतिगामी तत्वका विरुद्धमा जुट्न पाल्पाली विद्यार्थीहरुलाई आग्रह गर्दै ओलीको सत्ता धेरै नटिक्ने बताउनुभयो । शनिबार अनेरास्ववियु प्रचण्ड-नेपाल समूहकाे विद्यार्थी युनियन पाल्पाले आयोजना गरेको विद्यार्थी भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संह-संयोजक तामाङले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेर लोकतन्त्र माथि नै कुठराघात गरेकाले अब उनलाई एक महिना भित्रमा अनेरास्ववियुले बालुवाटारबाट बयलगाडा चढाएर बालकोट पुर्‍याउने बताउनुभयो । उहाँले संविधानको संरक्षक गर्ने, देशको अभिभावका रुपमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि बयलगाडामा चढाएर उनी जहाँ जान चाहकी छन् त्यही ठाउँमा अ‍ेरास्ववियुले पुर्‍याउने घोषण गरिसकेको बताए । तामाङले भने‘ प्रतिगामी तत्वका मतियारहरुको अब दिनगति सुरु भएको छ उनीहरुलाई देशको शासनसत्ता चलाउने, जनताले दिएको करको दुरुपयोग गर्ने अधिकार कसैलाई छैनन् ।’ सरकारले शैक्षिक क्षेत्रको दीर्घकालीन योजना बनाउन नसकेका कारण नेपालका विश्वविद्यालयहरुबाट संयौंको संख्यामा शैक्षिक बेरोजगार उत्पादन भइरहेको सह-संयोजक तामाङले बताउनुभयो । ‘ शैक्षिक बेरोजगारी युवाहरुले प्रमाणपत्र सिरानीमा राखेर विदेशी भूमिका जान बाध्य छन्, यस तर्फ सरकारको कुनै योजना र कार्यक्रम नै छैन् ।’ ‘नागरिकको शिक्षा,स्वास्थ्य र रोजगारको ग्यारेन्टी सरकारले लिनुपर्ने हो तर सरकारका प्रमुखहरु नै प्रतिगामीका पक्षमा वकालत गर्न देश दौडाहमा छन्’ तामाङले भने बहुमत प्राप्त सरकारले धेरै काम गर्न सक्थ्यो तर सरकार यसबाट चुक्यो ।’ तामाङ्गले भन्नुभयो । कार्यक्रममा नेकपाका जिल्ला सचिव राजेन्द्र विक, अनेरास्ववियूका केन्द्रीय सदस्यहरु दीपक देवकोटा, विक्रम राना, नारायण खनाल, नेकपाका जिल्ला सदस्य मोहन गैरे, नेकपा तानसेन नगरका सह-इञ्चार्ज प्रतिक्षा सिंजाली लगायतले मुलुक परिवर्तनका लागि विद्यार्थी संगठनहरुको योगदान महत्वपूणर् रहेको बताउनुभयो । अनेरास्ववियूका जिल्ला संयोजक पदम सोमैको अध्यक्षता, जिल्ला सदस्य अतित बस्यालको स्वागत, सीता रास्कोटीको सञ्चालनमा कार्यक्रम भएको कार्यक्रममा जिल्लाका सयौं विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: आइतबार, माघ ४, २०७७  ०६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update