Erani Mahal
नेपाली काँग्रेसकाे गाउँपालिका स्तरीय विराेध सभा
nv
पाल्पा - नेपाली काँग्रेसकाे गाउँपालिका स्तरीय विराेध सभा गरेकाे छ । पाल्पाकाे पाटीकाे आयाेजनामा जिल्लाका १० वटै स्थानीय तहहरुमा विराेध सभा गरेकाे हाे । यसैवीच निस्दी गाउँपालिकामा सरकारले गरेको असंवैधानिक कदमको नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ। नेपाली कांग्रेस निस्दी गाउँ कार्य समिति निस्दी गाउँपालिका पाल्पाको आयोजनामा विरोध प्रदर्शन संगै पार्टी कार्यलयको उद्घाटन कार्यक्रम भएको छ । निस्दीको गल्धा ढुंगानाबेसीमा भएको कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद तथा नेपाली कांग्रेस पाल्पा जिल्ला सभापति वीर बहादुर रानाले नेपाली कांग्रेस लोकतन्त्रको मूल्य र मान्यतालाई लिएर अगाडि बढ्ने बताउनुहुँदै लोकतन्त्रबाट मात्रै मुलुकको समृद्ध हुने भएकोले कांग्रेस सधै लोकतन्त्रको पक्षमा उभिने स्पष्ट पर्नुभएको थियोे । कार्यक्रममा नेपाली कांग्रेस मह समिति सदस्य तथा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले विकासको काममा विचारको अवरोध पुर्याउनु हुँदैन भन्नुहुँदै राजनीति आस्थाको आधारमा योजना बाँडफाँड गर्न नहुने कुरामा जोड दिनुभएको थियो । नेपाली कांग्रेस निस्दीका सभापति शालिकराम पाण्डेको सभा अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर १ क का सभापति सुर्य प्रसाद पोखरेल , नेपाली कांग्रेस गल्धाका पुर्व सभापति वासुदेव ढुंगाना , नेपाली कांग्रेस निस्दी गाउँ समन्वय सभापति शिव प्रसाद अर्याल , हिम बहादुर पचभैया लगायतले आआफ्नो भनाइ राख्नुभएको थियो । गल्धाको ढुंगानाबेसीमा पार्टी कार्यालय उद्घाटन संगै भएको कार्यक्रमको संचालन नेपाली कांग्रेस निस्दीका सचिव पुर्ण बहादुर खाँणले गर्नुभएको थियो ।
प्रकाशित मिति: आइतबार, माघ ४, २०७७  ०६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update