Erani Mahal
पाल्पामा थपिए ११ जना कोरोनाको विरामी
coronavirus_
पाल्पा-पाल्पामा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीका अनुसार पाल्पामा ५ जना महिला र ६ जना पुरुषमा कोरोनाको संक्रमण देखिएको हो । पाल्पामा अहिले सम्म १ हजार ८ सय ६९ जनामा कोरोना देखिएको छ । समुदाय स्तरमा भने कोरोनाको परीक्षण शुन्य नै रहेको छ । यि सबै अस्पतालमा चेकजाँचका क्रममा आएकाहरु रहेका छन् ।
प्रकाशित मिति: शनिबार, माघ ३, २०७७  १९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update