गुल्मी- गुल्मी अर्बेनीमा जन्ति जीप दुर्घटना हुँदा बेहुला सहित १३ घाइते भएका छन् । जिल्लामा दुलही लिन हिडेको जिप दुर्घटना भएको हाे । विहिवार कालीगण्डकी गाउँपालिका–२ अर्बेनी कोटदेखि दुलही लिनका लागि स्याङजाको जैपते जाँदै गरेको ग १ ज ५०८६ नम्बरको जिप कोटनजिकैको खर्कको ओरोलोमा दुर्घटना भएको हो ।
दुर्घटनामा दुलहासहित १३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा कालीगण्डकी गाँउपालिका–२ अर्बेनीका २५ वर्षीय (बेहुला) कृष्ण पाण्डे, ६० वर्षीय ओमप्रसाद पाण्डे, ५५ वर्षीय शोभाखर पाण्डे, ५० वर्षीय शिवलाल पाण्डे, १४ वर्षीया हिरा पाण्डे ,५ वर्षीय शिरिस पाण्डे, २८ वर्षीय गोबिन्द पाण्डे, २० वर्षीय नबिन पाण्डे, २४ वर्षीय हिमाल पाण्डे, १६ वर्षीय बिष्णु पाण्डे, २६ वर्षीया तुल्सा पाण्डे, ५५ वर्षीय खीमानन्द पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिनुभयाे ।
जिप सडकबाट अन्दाजी १८ मिटर तल खस्न पुगेको प्रहरीले जनाएको छ । घाइतेहरुको स्याङ्जास्थित मिर्मीमा उपचार भइरहेको छ । चालक भने प्रहरी नियन्त्रणमा रहेका छन् ।
तस्विर फाइल गुगल ।
प्रकाशित मिति: बिहीबार, माघ १, २०७७ १८:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय