Erani Mahal
पाल्पामा कोरोनाले थप एक महिलाको निधन, संख्या ३३ पुग्यो
CORONA-DEATH-2
पाल्पा- पाल्पामा विहिवार कोरोनाको संक्रमणबाट थप एक जना महिलाको निधन भएको छ । तानसेन ३ कि ७८ वर्षीया एक महिलाको निधन भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकास पन्थीले बताउनुभयो । पन्थीको अनुसार स्वास्थ्यमा समस्या आइ लुम्विनी मेडिकल कलेजमा उपचाररत ति महिलाको २९ गते कोरोना पोजेटिभ आएको थियो । उनको माघ १ गते विहान निधन भएको हो । उनको निधन संगै पाल्पामा कोरोनाबाट मृत्यू हुनेको संख्या ३३ पुगेको पन्थीले बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, माघ १, २०७७  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update