Erani Mahal
रिब्दीकोट गाउँपालिकाकाे गाउँ सभा
gaupalika1
पाल्पा- जिल्लाको रिब्दीकोट गाउँपालिकाले आठौं गाउँ सभासम्पन्न गरेको छ । कोरोना कहरले पालिकाको सेवामा केहि असर परेको भए पनि प्रगतिमा केही कमि नदेखिएको, वार्षिक कार्ययोजना अनुसारनै काम भएको, योजना सम्झौता र ठेक्का समयमै भएकाले बाँकी अवधिमा पनि पालिकाको प्रगति राम्रो हुने बताउदै प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले बजेट कार्यान्वयनको मध्यकालिन अवस्था भएकाले चालु आर्थिक वर्षको अर्धवार्षिक तथा गत आर्थिक वर्षको वार्षिक प्रगति समीक्षा समेत गरिएको बताउनुभयो । गाउँसभामा गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले गाउँपालिकाले गरेको राम्रो कामको प्रशंसा गर्दै आगामी दिनमा अझ उल्लेखनीय काम गर्न सक्ने जानकारी दिनुभयो । पालिकाले भौतिक पूर्वाधारका अतिरिक्त लक्षित वर्ग कार्यक्रम, कृषि पशुपालन ,दुग्ध उत्पादनमा आधारित अनुदान, कार्यक्रम, बाँझो जग्गा अन्न खेती अनुदान र सीप तथा क्षमता विकास कार्यक्रममा बजेट व्यवस्था गरेर काम गरेको उपाध्यक्ष लक्ष्मी खनालको भनाई थियो । गाउँपालिकाको आठौ गाउँसभा बोल्दै गाउँ पालिकाका अध्यक्ष नारायण बहादुर जी.सी.ले तथा हिउँदे अधिवेशन भएकाले ऐन, नियम तथा कार्यविधिहरुका मस्यौदा उपर छलफल गरेको चालु आर्थिक वर्षका गाउँसभाबाट स्वीकृत भएको आर्थिक विनियोजनको कार्यान्वयनको सन्दर्भमा देखा परेका समस्या समाधान गर्नका लागि विनियोजन शंसोधनको प्रस्ताव पेश गरेको जानकारी दिनुभयो । उहाले गुणस्तर वृद्धि गर्न नयाँ कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने, भौतिक विकासका काम मात्र नभइ सामाजिक विकासका कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने लगायतका विषयमा गाउँ सभाको ध्यानाकर्षण गराउनु भयो । केही आयोजनाको नाम संशोधन, पालिका भित्र आवश्यक केही बृहत आयोजनाहरु छनोट, वडा तथा पालिका स्तरबारट महशुष भएका केही समसामयिक विविध प्रस्तावहरु माथिको छलफलसमेत भएको छ । गाउँपालिकासँग भएको श्रोत साधनको मौजुदा अवस्थालाई मौज्दात रकमबाट वडाहरुमा केही नयाँ योजनाहरु थप गर्नुपर्ने, केही योजनाको नाम संशोधन ऐन तथा कार्यविधिहरु तयार गरी गाउँपालिकाको आठौं गाउँ सभा सम्पन्न भएको छ गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जी.सी.को अध्यक्षतामा भएको गाउँपालिकाको आठौं गाउँ सभा आर्थिक वर्ष ०७७र०७८ को अर्धवार्षिक कार्य प्रगतिको समीक्षा वडा अध्यक्ष एवम सदस्यहरुबाट प्राप्त वडागत समस्या एवम सुझावहरु माथि छलफल गरि गाउँपालिकाको विभिन्न ,नियमावली एबम कार्यविधिहरु पारित गर्दै सम्पन्न भएको सूचना प्रबिधि अधिकृत हेमेन्द्र कुवरलेले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बुधबार, पुस २९, २०७७  २०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update