Erani Mahal
बगनासकाली गाउँपालिकाको आठौं गाउँसभा
News Palpa
पाल्पा- विभिन्न विधेयक एवम् कार्यविधि पारित गर्दै बगनासकाली गाउँपालिकाको ८ औं गाउँ सभा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्याललको अध्यक्षतामा भएको गाउँसभाबाट एक वटा ऐन पारित भएको छ भने कार्यपालिकाबाट पारित आठवटा कार्यविधि, निर्देशिका र मापदण्ड अनुमोदन गरेको छ । सभाले कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ प्रस्तुती ऐन पास गरेको छ । कार्यपालिकाबाट पारित ६ वटा कार्यविधि, एक वटा निर्देशिका र १ वटा निर्देशिका गाउँसभाबाट अनुमोदन गरिएको प्रमुख प्रशासकीय अधिकृत सुरेश घिमिरेले जानकारी दिनुभयो । अनुमोदित कार्यविधि अन्तर्गत जलश्रोत उपयोग तथा मुहान दर्ता सम्बन्धी कार्यविधि २०७७, संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि २०७७, शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा कार्यक्रम सञ्चालन कार्यविधि २०७७ रहेका छन् । यस्तैगरी पशु विकास कार्यक्रम सञ्चालन कार्यविधि २०७७, कृषि तथा पशुपंक्षी फर्म दर्ता कार्यविधि २०७७ र स्वास्थ्य कार्यक्रम सञ्चालन तथा कार्यान्वयन कार्यविधि २०७७ रहेका छन् । यस्तै कृषि समुह गठन तथा व्यवस्थापन निर्देशिका २०७७ र लैंगिक हिंसा निवारण कोष सञ्चालन मापदण्ड २०७७ गाउँसभाबाट पारित भएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिनुभयो । कार्यपालिकाबाट पारित कार्यविधि र पालिकामा आवश्यक ऐनहरू पारित गरेको उहाँले बताउनुभयो । ‘पारित भएका ऐन र अनुमोदित कार्यविधि, निर्देशिका, मापदण्डले काम गर्न सहज हुनेछ ।’ घिमिरेले बताउनुभयो । सभामा समसामयिक विषयमा छलफल, चालु आर्थिक वर्षमा विभिन्न शाखाबाट भएका कामहरूको संक्षिप्त समीक्षा भएको घिमिरेले जानकारी दिनुभयो । सभामा उठेका जिज्ञासाको जवाफ दिदै गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले जनप्रतिनिधिबाट पारित ऐन, कार्यविधि कार्यान्वयनमा कर्मचारीको सहयोग अनिवार्य हुने धारणा राख्नुभयो । उहाँले गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधिबिच नङ र मासुको जस्तै सम्बन्ध भएको बताउँदै जनताका समस्या समाधान गर्ने पाटोमा केन्द्रीत हुन कर्मचारीलाई सुझाव दिनुभयो । गाउँपालिकाको आन्तकि आम्दानी बढाउन, पालिकाको स्थायी प्रशासनिक भवन निर्माण गर्न र आन्तरिक आम्दानीको स्रोत पहिचान गर्न जनप्रनिधि केन्द्रीत रहेको बताउनुभयो । चालु आर्थिक वर्षमा गाउँपालिकामा २८ प्रतिशत चालु र ६ प्रतिशत पूँजीगत खर्च भएको पालिका स्रोतले जनाएको छ । बगनासकाली गाउँपालिकामा रहेका ३ सय ५० योजनामध्ये १०७ योजना सम्झौता भएका र ७ वटा योजना सम्पन्न भएका छन् ।
प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७  २०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update