Erani Mahal
झिरुबासकाे काउलेडाँडामा स्मार्ट कृषि गाउँ कार्यक्रम शुभारम्भ
amriso-1-2
पाल्पा - निस्दी गाउँपालिका झिरुबासमा काउलेडाँडा स्मार्ट कृषि गाउँ कार्यक्रम शुभारम्भ भएको छ। लुम्बिनी प्रदेश सरकारको एक पालिका एक स्मार्ट कार्यक्रम अनुसार झिरुबासमा संचालन भएको कार्यक्रमको लुम्बिनी प्रदेशका सांसद युवाराज खनालले उद्घाटन गर्नुभएको छ । कार्यक्रमको उद्घाटन गर्नुहुँदै सांसद खनालले काउलेडाँडाले परिचित झिरुबास अब स्नार्ट कृषि गाउँ भनेर पनि परिचित हुन अनुरोध गर्नुभयो। सांसद खनालले प्रदेश सरकारले कृषि क्षेत्रलाई प्राथिमिकीकरण गरेर कार्यक्रम ल्याएको बताउनुहुँदै व्यावसायिक रूपमा कृषि पेसा गरेर आत्मानिर्भर बन्न अनुरोध गर्नुभयो। काउलेडाँडा स्मार्ट बाख्रापालन समिति झिरुबासका अध्यक्ष घन बहादुर साठीघरेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्नुहुँदै निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले स्मार्ट कृषि गाउँ कार्यक्रम सफल पार्न पालिकाको सधैं साथ र सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो। भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाका पशुसेवा प्राविधिक युवाराज ज्ञवालीको स्वागतबाट शुरु भएको कार्यक्रममा पशु चिकित्सक डाक्टर नवीन बस्यालले स्मार्ट कृषि गाउँ कार्यक्रमको सार्वजनिकिकरण गर्नुहुँदै यस कार्यक्रमको लागि चालू आर्थिक वर्षको लागि लुम्बिनी प्रदेश सरकारको ५० लाख र निस्दी गाउँपालिकाको १० लाख गरि कुल ६० लाखको कार्यक्रम संचालन हुने बताउनुभयो। कार्यक्रममा निस्दी गाउँपालिका उपाध्यक्ष रिता कुमारी अर्याल , भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाका वरिष्ठ पशु विकास अधिकृत चन्द्रबहादुर राना , निस्दी गाउँपालिका वडा नम्बर ३ झिरुबासका वडा अध्यक्ष लक्ष्मीप्रसाद पाटा , समाजसेवी दमन सिंह थापा पाटाले बोल्नुहुँदै काउलेडाँडा स्मार्ट कृषि गाउँ कार्यक्रमको सफलताको कामना गर्नुभएको थियो। यो कार्यक्रमबाट झिरुबासको धर्केसिं , मोहरिया , दुनडाँडा र डावराका ६० घरपरिवार प्रत्यक्ष लाभान्वित हुने समाजसेवी राम बहादुर पाटाले बताउनुभयो । झिरुबासको धर्केसिंमा भएको कार्यक्रमको संचालन निस्दी गाउँपालिका पशु शाखा संयोजक ओम मश्राङ्गीले गर्नुभएको थियो।
प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७  २०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update