Erani Mahal
मुक्तिनाथ सहकारी संस्थाको सातौ वार्षिक साधारणसभा सम्पन्न
Sahakari ph 2
तानसेन – मुक्तिनाथ कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सातौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । सहकारीले गत आर्थिक वर्षमा ६ करोड रुपैयाँको कारोवार गर्न सफल भएको छ । ७९८ जना शेयर सदस्य रहेको सहकारीले ३ करोड ३६ लाख ९१ हजार रुयैयाँ लगानी गरेको छ । ३ करोड ४० लाख ७० हजार रुपैया बचत रकम संकलन गरेको छ । सहकारीले कृषिमा १८ लाख, व्यापारमा २ करोड ७५ लाख, घर जग्गा तथा घर निर्माणमा १३ लाख ८३ हजार, हायर पर्चेजमा ३० लाख २६ हजार रुपैया लगानी गरेको छ । साधारणसभामा प्रमुख अतिथि पाल्पा उधोग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले जिल्लाका साना उद्योग व्यबसायलाई सफल बनाउन सहकारी संस्थाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । साना व्यवसायीलाई ठूलो बनाउन र सुरुमा व्यवसायीलाई यस क्षेत्रमा लाग्न सहकारीले प्रेरिता गरेको अध्यक्ष महर्जनले बताउनुभयो । कार्यक्रममा सहकारीका सल्लाहकार हरी रायमाझीले सहकारी नाफा मुखी नभई शेयर सदस्य केन्द्रित सेवामुखी भावनाले काम गर्नुपर्नेमा जोड दिनुभयो । आफैँ बचत गर्ने, आफै नियम बनाउने, आफैँ कारोवार गर्ने, धेरै जनालाई सहयोग गर्ने, एक अर्कामा सहकार्य गर्ने गरी सहकारीले काम गर्दै आएको सल्लाहकार रायमाझीले बताउनुभयो । सल्लाहकार भिमसेन कार्कीले सहकारीले ठूलो लगानी गर्नुभन्दा सानो क्षेत्रमा लगानी गरी धेरै जनालाई सेवा दिदा सहकारीको उद्देश्य पूर्ति हुने बताउनुभयो । कार्यक्रममा शेयर सदस्य कृष्ण पोखरेल, चिरञ्जीवी उपाध्याय ढुङ्गाना, हुमा सुर्यवंशी लगायतले कृषि बहुउद्देश्यीय सहकारी भएकोले जिल्लाभरी नै कारोवार गर्न सुझाव दिनुभएको थियो । साधारणसभामा अध्यक्ष मोहन प्रसाद श्रेष्ठको वार्षिक प्रतिवेदन, सचिव शंकर भण्डारीको सांगाठनिक, कोषाध्यक्ष विनोद पंन्थीको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । सहकारीका अध्यक्ष मोहनप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष देव पचभैयाको स्वागत र कोषाध्यक्ष विनोद पंन्थीको संचालनमा भएको थियो । अध्यक्षमा पचभैया निर्वाचित मुक्तिनाथ कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तेस्रो अधिवेशनले देब पचभैयाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा विनोद पंन्थी, सचिवमा शंकर भण्डारी, कोषाध्यषमा समिरमान सिंह चयन हुनुभएको छ । समितिको सदस्यमा चिरञ्जीवी नारायण उपाध्याय ढुङ्गाना, राम प्रसाद श्रेष्ठ, उत्तम कुमार बज्राचार्य, विमला शाक्य बज्राचार्य र विनायक महर्जन चयन हुनुभयो । यस्तै लेखा समितीको संयोजकमा पर्शुराम सापकोटा, सदस्यमा प्रविन बज्राचार्य र सुनिल कुमार बस्याल निर्वाचित हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष पचभैयाले पत्रकारिता क्षेत्रमा लामो समय काम गरेको भएपनि सहकारी क्षेत्रको समेत नेतृत्व गर्न अवसर पाएकोमा सहकारीलाई थप उचाईमा पु¥याउने प्रतिबद्धता जनाउनुभयो ।
प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७  १९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update