Erani Mahal
लुम्विनि प्रदेशमा माघे संक्रान्तिकाे अवसरमा दुइ दिन सार्वजनिक विदा !
ma
पाल्पा- लुम्विनि प्रदेशमा माघे संक्रान्तिकाे अवसरमा दुइ दिन सार्वजनिक विदा दिने निर्णय भएकाे छ । यस्तै केन्द्रकाे मन्त्रिपरिषद्को बैठकले सेमत माघेसंक्रान्तिमा सार्वजनिक बिदा दिने निर्णय गरेकाे थियाे । थारू जातिको मुख्य पर्व माघेसंक्रान्तिमा सार्वजनिक बिदा दिने निर्णय भएको हाे । जाति तथा जनजातिको भावनालाई सम्मान गर्ने गरेको बताउँदै प्रधानमन्त्रीले ‘यो बिदा थारू जातिका लागि मात्र होइन, माघेसंक्रान्ति सबैले मनाउँछन्, यो सबैका लागि हो भन्नुभयाे । माघीलाई राष्ट्रिय पर्वका रुपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारले जनाएकाे छ ।’ यता प्रदेश सरकारले गत बैशाख १० गतेकाे निर्णयकाआधारमा प्रदेशभर माघ १ र २ गते सार्वजनिक विदा दिइएकाे कानून मन्त्रालयका प्रवक्ता माधवराज मरासिनी द्वारा जारी विज्ञप्तिमा जनाएकाे छ ।
प्रकाशित मिति: सोमबार, पुस २७, २०७७  ०७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update