Erani Mahal
मानव अधिकार तथा शान्ति समाज पाल्पामा नयाँ नेतृत्व
santi
पाल्पा÷मानवअधिकार तथा शान्ति समाज पाल्पामा नयाँ नेतृत्व चयन भएकाे छ । समाजको १० औं अधिवेशनबाट अरुण ज्ञवालीको नेतृत्वमा नयाँ समिति चयन भएकाे हाे । समाजकाे उपाध्यक्षमा रेणुका देवकोटा, सचिव सन्तवीर बराल, सहसचिब ठाकुर अधिकारी, कोषाध्यक्ष मधुदयाल सैजु र सदस्यहरुमा सरिफ गहतराज, सुशीला रेग्मी, रमा पन्त, बंकिमचन्द खनाल, बिष्णुकुमारी श्रेष्ठ र केशब अधिकारीलाई चयन गरेको छ । कार्यक्रमका प्रमख अतिथि समाजसेवी दिलबहादुर शाक्यले मानवअधिकारलाई पाठ्यक्रममा समावेश गर्नु आवश्यक भएको बताउँदै कानूनी शासनको मूल्य र मान्यतालाई स्थापित गर्न र सत्ता केन्द्रित राजनीति बन्द गर्नकालागि खबरदारी आवश्यक रहेको बताउनुभयाे । समाजका लुम्बिनी प्रदेश सचिव कृष्ण बहादुर रावलले ‘सुशासन र आर्थिक पारदर्शीता’ विषयमा बोल्दै शत्रुता विहिन आचरण, समुदायबिच स्थिर र सुमधुर सम्बन्ध नै स्थिर राजनीति भएको उल्लेख गरे उनले स्थीर राजनीतिले नै मानवअधिकार मैत्रि संविधान बनेको र मानवअधिकारका रक्षकहरु भक्षक हुन नहुने बताउनुभयाे । कार्यक्रममा बोल्दै पाल्पाका संस्थापक सभापति शिव देवकोटा, पूर्वसभापति पुष्करराज रेग्मी, कांग्रेस नेता राजेन्द्र गोपाल सिंह लगायतले मानवता विरुद्धको अपराध गर्नेलाई राजनीतिक संरक्षण हुन दिनु नहुने बताउनुभयाे । संस्थाका सभापति नारायण प्रसाद शर्माको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन रेणुका देवकोटाले गर्नुभएकाे थियाे ।
प्रकाशित मिति: आइतबार, पुस २६, २०७७  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update