Erani Mahal
जलदेवी महिला सहकारी सहलकोटकाे साधारण सभा
वकि
पाल्पा- जलदेवी सामाजिक उद्यमि महिला सहकारी संस्था निस्दी २ सहलकोट पाल्पाको पाचौं वाषिर्क साधारणसभा सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष राममाया लामिछानेको अध्यक्षता रहेकोे कार्यक्रमको प्रमुख अतिथी गाउँ पालिका अध्यक्ष मुक्त बहादुर सारु रहनुभएको थियो । शनिबार साधारण सभा को उदघाटन गर्नुहुँदै सारुले अहिले पुरुषले महिलाप्रती गर्ने दमन विभेदकारी व्यवहार न्यून बन्दै गएको र यसलाई शुन्यमा पुर्याइ समाजको कुरिती र कुसंस्कार हटाउन पनि सहकारी लाग्नुपर्ने भन्दै जहाँ सहकारी संस्था छ त्यहाँ नेता ,साहु,महाजन पनि हुने तर साहु माहाजनहरुको बैंक हुन्छ भने गरिबहरुको सहकारी, त्यसैले हाम्रो बैंक भनेको सहकारी रहेको र यसमा सबैजना अटाउने भएकोले सहकारीलाई उत्पादन मुलक बनाउन सक्नुपर्नेमा जोड दिदै पालिकाको तर्फबाट जस्तोसुकै सहयोग गर्न पनि पछी नपर्ने बताउनुभयो । तस्वीर प्रेमबहादुर बाकाबल कार्यक्रमको विशिष्ट अतिथि निस्दी गाउँ पालिका वार्ड नम्बर २ का अध्यक्ष पुर्ण बहादुर थापा बाकाबल,गैरसरकारी संस्था महासंघ केन्द्रिय सदस्य देविलाल लामिछाने र निस्दी गाउँ कार्यपालिका सदस्य गन बहादुर वि क ले सहकारीको प्रगतिको कामना गर्दै सहकारीको उद्देश्य , सहकारीको सिद्धान्त अनुसार काम गर्नुपर्ने भन्दै महिलाहरुलाइ अझ उधमी बनाउनु पर्ने र सहकारीको पुजी बढाउन शेयर सदस्य वृद्धि गर्नुपर्ने अनिवार्य रहेको बताउनुभयो । ग्रामीण आर्थिक विकास संघ रेडा प्रतिनिधि निरन्जन पङगेनीले सहकारीको क्षमता विकासमा अझै पछी परेको र क्षमता विकास गर्न स्थानीय तहले पनि अझै अनुगमन गरि सहकारीको विनियम शंसोधन गर्न पहल गर्नुपर्ने भन्दै शेयर सदस्यहरु इमानदार बनी आफ्नो आय स्तर वृद्धि गर्न सके सहकारी आर्थिक दृष्टिकोणले बलियो हुने बताउनुभयो । सहकारी संस्थाका अध्यक्ष राममाया लामिछानेले वाषिर्क प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले संचालनमा ल्याएको बचतको प्रकार र ब्याजदर,ऋण लगानी र असुल प्रक्रिया, आम्दानीको स्रोत ,संस्थाले गरेका मुख्य मुख्य क्रियाकलाप र संस्थाको वाषिर्क प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नुभयो । व्यवस्थापक निर्मला रानाले १ करोड ६७ लाख ९९ हजार ७ सय ९८ रुपैयाँ बाराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रकाशित मिति: आइतबार, पुस २६, २०७७  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update