Erani Mahal
देउराली सामुदायिक बिकास संस्थाअर्चलेको वार्षिक साधारणसभा
137621583_731151434486686_3884132666357007356_n
पाल्पा-देउराली सामुदायिक बिकास बहुउद्देश्यीय सहकारी संस्था निस्दी-६,अर्चले,पाल्पाको १४ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष टेक बहादुर सोमैको अध्यक्षतामा चलेको कार्यक्रमको प्रमुख अतिथी वडा नम्बर-६,अर्चलेका वडाध्यक्ष मेख बहादुर सुनारी रहनुभएको थियो । साधारण सभा को उदघाटन गर्नु हुँदै सुनारीले अहिले साहु संग चर्को ब्याजदरमा ऋण लिन नपरेको बताउदै केही व्यवसाय गर्न चाहनेहरुको लागि सहकारीको योगदानको चर्चा गर्नु भएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य मिम्श्री बयम्बु वडा सदस्य कृष्ण बहादुर सोमै,अर्चले स्वास्थ्य चौकी प्रमुख मीन बहादुर राना,वडा सचिब साबित्रा गैरे लगायतकाले बोल्दै सहकारीको आवश्यकता र महत्त्व बारे आ-आफ्नो धारणा राख्नु भएको थियो । सहकारी संस्थाका अध्यक्ष टेक बहादुर सोमैले वाषिर्क प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले संचालनमा ल्याएको ऋण लगानी र असुल प्रक्रिया, आम्दानीको स्रोत ,संस्थाले गरेका मुख्य-मुख्य योजना तथा कार्यक्रम र संस्थाको आगामी वर्षको वार्षिक प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नुभयो । संस्थाका कोषाध्यक्ष सिर्जना सोमैले २ करोड ५५ लाख ५७ हजार बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा उत्कृष्ट नियमित बचतकर्ता,उद्योमी,जेष्ठ नागरिक र प्रमुख सेवक तथा कोषाध्यक्षहरुलाई सम्मान समेत गरिएको थियो । संस्थाका उपाध्यक्ष महेन्द्र बयम्बुको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सन्चालन सचिब होम राई मगरले गर्नुभएको हो ।
प्रकाशित मिति: आइतबार, पुस २६, २०७७  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update