Erani Mahal
पाल्पामा कृते नागरिता बनाउनेमाथि अनुसन्धान शुरु
nakkali nagarikta
भुवन कार्की पाल्पा- बाग्लुङ जिल्लाका एक युवकले कृते कागजात बनाएर पाल्पाबाट नागरिकता लिएको रहस्य खुलेपछि पाल्पा प्रहरीले त्यसको अनुसन्धान शुरु गरेको छ । पाल्पाको रामपुर नगरपालिका वडा नंं १४ निवासी वर्ष ४८ का पिताम्बर अधिकारीको छोरा बनेर बाग्लुङको गलकोट नगरपालिका वडा नंं. ८ पचुवा काडेवास निवासी स्वः मानबहादुर कंडेल क्षेत्रीका छोरा वर्ष २२ का धनबहादुर कंडेलले जिल्ला प्रशासन कार्यालय पाल्पाबाट नागरिता लिएका खुलेको हो । वि.सं. २०७२ सालमा बिजय अधिकारी नामको नागरिता कंडेलले बनाएका छन् । पितम्बर अधिकारीले आफूलाई कुनै जानकारी नदिई आफ्ना भाई कृष्ण अधिकारीले कडेललाई नागरिता बनाईदिएर आफ्नो सम्पति हड्प्ने प्रयास गरेको भन्दै जिल्ला प्रसासन कार्यालय पाल्पामा उजुरी दिएपछि पाल्पा प्रहरीले यसको अनुसन्धान थालेको हो । बाग्लुङको गलकोट नगरपालिक वडा नं. ८ पचुवा काडेवासका वडाअध्यक्ष रामप्रसाद कंडेलले धनबहादुर आफ्नै वडाबासी भएको यसअघि नै पुष्टि गरिसकेका छन् । धनबहादुरका पिता मानबहादुर लामो समय भारतको मेघालयमा बसेर आएको र उनका छ भाई छोरा तथा दुई छोरी रहेको उनले बताए । कृते गरेर नागरिता बनाउने धनबहादुर मानबहादुरको राँइलो (ठूलो कान्छो) छोरा भएको वडाअध्यक्ष कंडेलले पुष्टि गरे । नयाँ नाम बिजय अधिकारी कायम गरी धनबहादुरले नागरिता बनाएका छन् । नागरिता बनाउन सफल भएपछि उनले पिताम्बर अघिकारीलाई अंशमुद्दा पनि हालेको खुलेको छ । नाम र थर फेरेर उनको नागरिता बनाउन पिताम्बरका भाई कृष्णप्रसाद अधिकारीले सहयोग गरेका पाइएको छ । कृष्णप्रसादले नै सनाखत गरेको जिल्ला प्रसासन कार्यालय पाल्पामा रेकर्डमा उल्लेख छ । नागरिता जिल्ला प्रशासन कार्यालय पाल्पाका तत्कालिन प्रशासकीय अधिकृत ताराप्रसाद घिमिरेले जारी गरेका छन् । उता बाग्लुङ निवासी धनबहादुरका दाजुभाईले पनि आफ्नो भाईले बाग्लुङबाट नागरिता बनाउन नपर्ने बताउँदै आएको उल्लेख गरे । धनबहादुरले यो भन्दा ११ वर्ष अघि बाउको काजकिरिया सबै भाईहरुसंगै गरेर भारत गएको उनका कांईलो दाजु सन्तोष कंडेलले बताउनुभयाे । हालचाल भने धनबहादुर आफ्नो सम्पर्कमा नरहेको उहाँले दाबी गर्नुभयाे । सन्तोषले भने, ‘भाईले मलाई यहाँको नागरिता चाहिंदैन भन्यौ, सबैले संगै नागरिता बनाउँ भन्दा मलाई यहाँको नागरिता चाहिंदैन तपाईहरु बनाउनुहोस् भन्यो ।’ जिल्ला प्रसाशन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले झुटो विवरण पेश गरेर नागरिता बनाएको पाईए छानबिन गरेर कारवाही गरिने बताउनुभयाे । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन गिरीले यसबारे अनुसन्धान थालिएको जानकारी दिनुभयाे । समाचार स्रोतका अनुसार दुई पक्षलाई बोलाएर घटनाक्रमबाट प्रहरीले जानकारी लिइरहेको छ । नागरितामा सनाखत गरेका विष्णु अधिकारीलाई जोगाउन रामपुरका केही प्रतिष्ठित ब्यक्तिहरुनै लागेको स्रोतको दावी छ । कृष्णप्रसादका केही आफन्तले नै नागरिता बनाउन सहयोग गरेको र उनै ब्यक्तिले घटना लुकाएर थामथुम पार्ने प्रयास गरेको बताइएको छ । यसबारे अनुसन्धान अघि नबढाउन प्रहरीलाई पनि उनीहरुले दवाव दिएको बुझिएको छ । यो घटनामा रामपुुरका केही प्रतिष्ठित मानिसहरु जोडिएका छन् ।
प्रकाशित मिति: शनिबार, पुस २५, २०७७  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update