Erani Mahal
बराङ्गदीको युवाक्लवद्वारा पुस्तक प्रकाशन
bimochan pic
पाल्पा-अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा बगनासकाली-८ बराङदीमा गठन भएको बेद युवा समुहद्धारा प्रकाशित परिवर्तनका लागि युवा पुस्तकको एक कार्यक्रमका बीच बिमोचन गरिएको छ । पुस्तकको बिमोचन गर्दै बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले यो युवा समुहले समुदाय स्तरमा रचनात्मक कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । अध्यक्ष बस्यालले युवा समुहले गर्ने कार्यहरुका लागि आर्थिक प्राविधिक सहयोगका लागि गाउँपालिका जहिले पनि तयार रहेको बताउनुभयो । वडा नं. ८ का अध्यक्ष गणेशप्रसाद बस्यालले युवा समुह मार्फत बराङदीमा धेरै राम्रा कामहरु हुँदै आएको बताउँदै पालिकाले अव घोषणा गर्न लागेको बालमैत्री कार्यक्रमका लागि समुदाय स्तरबाट सक्दो सहयोग गर्न युवाहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल परिवार नियोजन संघ पाल्पाका शाखा प्रवन्धक शोबाकान्त न्यौपानेले यो युवा समुहले परिवार नियोजनसितको सहकार्यमा बराङदीमा सुचना केन्द्र समेत संचालन गर्दै आएको बताउनुभयो । त्रिभुवन बहुुमुखी क्याम्पसका प्रध्यापक डा. शंकर गैरे, तातोपानी खानेपानी उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद पाठक, बगनासकाली कृषि सहकारीका अध्यक्ष कृष्ण भुसालले युवाहरु यसरी संगठित भएर लाग्नु पं्रशसनीय कार्य भएको बताउनुभयो । इन्सेक जिल्ला यज्ञमुर्ति तिमिल्सिनाले इन्सेकसित आवद्ध युवा समुह मार्फत समुदाय स्तरमा भएका कामबारे जानकारी गराउनुभएको थियो । पुस्तकमा युवा समुहका सफलताका कथा, युवाका अनुभव लगायतका बिषयहरु समेटिएका छन् । युवा समुहकी कोषाध्यक्ष सपना घिमिरेको स्वागत, सचिव सुशिल बस्यालको संचालन र अध्यक्ष बरुण बस्यालको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।
प्रकाशित मिति: शनिबार, पुस २५, २०७७  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update