Erani Mahal
संसद विघटन विरुद्ध पाल्पाका राजनीतिक दलहरु एकजुट भएर आन्दाेलन गर्ने !
d fg
पाल्पा– पाल्पाका राजनीतिक दलहरु संसद विघटन विरुद्ध एक भएर आन्दोलनमा जाने निर्णय गरेका छन् । जिल्लामा विहिवार बसेको सर्वदलीय निर्णय अनुसार प्रधानमन्त्रीको असंवैधानिक कदमका विरुद्ध सशक्त आन्दोलन गर्ने निर्णय भएको हो । सर्वदलीय बैठकमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का जिल्ला इन्चार्ज तथा सांसद सोम प्रसाद पाण्डे, केन्द्रीय सदस्य ठाकुर गैरे, नेपाली का‌ँग्रेसका जिल्ला सभापति तथा प्रदेश सांसद वीरबहादुर राना प्रदेश सदस्य तथा पूर्व सांसद यादव बहादुर रायमाझी, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी, राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्य डुलबहादुर कुँवर, संघीय समाजवादीका केन्द्रीय सदस्य नविन सुनुवार, प्रदेश सांसद पुर्मती ढेंगा, नेकपा प्रदेश सदस्य नेत्र प्रसाद पाण्डे, जिल्ला सचिव राजेन्द्र विश्वकर्मा लगायतका नेताहरुको उपस्थिति रहेको थियो । पौष ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट स्वीकृत संसद विघटनको मुद्धाका विरुद्धमा सशक्त रुपमा लाग्ने निर्णय भएको नेकपाका जिल्ला इन्चार्ज सोम प्रसाद पाण्डेयले बताउनुभयो । उहाँका अनुसार प्रधानमन्त्रीको कदम प्रतिगामी, असंवैधानिक, अलोकतान्त्रिक, पश्चगामी, स्वच्छाचारी भएको ठहर गर्दै जिल्लाका क्रियासिलदलबीच मोर्चाबन्दी गरेर आन्दोलनमा जाने निर्णय भएको बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, पुस २३, २०७७  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update