Erani Mahal
तानसेनका विभिन्न स्थानबाट घरेलु मदिरा बरामद गरी नष्ट
gharelu_madira
पाल्पा - जिल्ला प्रहरी कार्यालय पाल्पाले अबैध घरेलु मदिरा नष्ट गरेकाे छ । पाल्पा प्रहरीले संचालन गरेकाे विशेष प्रहरी कारवाहीका क्रममा तानसेनकाे विभिन्न स्थानबाट बरामद भएकाे घरेलु मदिरा नष्ट गरिएकाे हाे । प्रहरीले बुधबार ३५० लिटर घरेलु मदिरा नष्ट गरेकाे जनाएकाे छ । प्रहरीले जिल्लाका अन्य स्थानबाट समेत नियमित घरेलु मदिरा बरामद गर्दै आइरहेकाे छ । पाल्पाकाे ग्रामीण क्षेत्रमा महिलाहरूले अहिले पनि घरेलु मदिरा बिक्री गरेर आफ्नाे जीविकाेपार्जन गर्दै आइरहेका छन् । आम्दानीकाे अन्य स्राेत नभएका कारण ग्रामीण क्षेत्रका महिलाले घरपरिवारकाे दैनिक खर्च चलाउन घरेलु मदिरा बनाउने गरेका छन् । स्थानीय सरकारले घरेलु मदिरा निर्माण तथा बिक्री वितरण कार्य न्यनीकरण गर्न कुनै पनि प्रयास गर्न सकेकाे छैन ।
प्रकाशित मिति: बुधबार, पुस २२, २०७७  १९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update