Erani Mahal
पाल्पाली गायक पुरुषोत्तम गैरे र मेलिना राईको आवाजमा ‘जाले रुमाल बैना’ [भिडियो]
Capture
पाल्पा - पाल्पाली गायक पुरुषोत्तम गैरेले नयाँ गीत ल्याएका छन् । गैरेले यसपटक लोकप्रिय गायिका मेलिना राईसंग ‘जाले रुमाल बैना’ बोलको गीत गाएका हुन् । गीतको भिडियो बुधबार बिहान सार्वजनिक भएको हो । बिमल पौडेलको शब्द रहेको गीतमा संगीत गायक गैरेको छ । गीतको भिडियोमा रियाशा दाहाल र अर्जुन न्यौपानले मोडलिङ गरेका छन् । रियाशा नेपाली म्युजिक भिडियोकी अहिलेकी लोकप्रिय मोडल हुन् भने अर्जुनको यो पहिलो भिडियो हो । भिडियोलाई अहिलेका लोकप्रिय कोरियोग्राफर काजिश श्रेष्ठले कोरियोग्राफी गरेका छन् । अर्जुन तिवारी र टिमको छायाँकन रहेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका हुन् । सुलभ म्युजिकको युट्युब च्यानलमा सार्वजनिक गीतको भिडियो निकै आकर्षक बनेको छ । पाल्पाको बगनासकाली –६ यम्घाका गैरेले हालसम्म १ सय बढी गीतमा स्वर दिएका छन् । उनको रोइला गीत ‘बुटवल तनहुँ खैरेनी कहाँ जाउँ कहाँ जाउँ भैरने’ लाई स्रोता दर्शकले रुचाएका थिए । त्यस्तै उनका अन्य थुप्रै गीत लोकप्रिय छन् । उनले गाएका तीजका गीत पनि स्रोताले रुचाएका थिए । ईरानीमहलसंग कुरा गर्दै गायक गैरेले नयाँ गीतको अडियो तथा भिडियो निर्माणमा कुनै कन्जुस्याई नगरेको बताए । यस्तो छ गायक गैरेको नयाँ गीत ‘जाले रुमाल बैना’
प्रकाशित मिति: बुधबार, पुस २२, २०७७  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update