Erani Mahal
पाल्पामा १३ संक्रमित थपिए, थप १ जनाको मृत्यु
Corona__
पाल्पा – पाल्पामा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तानसेन नगरपालिकाभित्रका ७ जनासहित थप १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो दुई दिनमा यी संक्रमित थपिएका हुन् । थपिने संक्रमितमा बगनासकाली गाउँपालिकाका ३ जना छन् । त्यस्तै रामपुर नगरपालिका, रैनादेवी छहरा र रिब्दिकोट गाउँपालिकामा पनि १/१ जना संक्रमित थपिएका छन् । योसंगै पाल्पामा कोरोना संक्रमितको कुल संख्या १ हजार ८ सय २१ पुगेको छ । तिमध्ये १ हजार ७ सय २५ जना निको भएका छन् । हाल ६५ जना सक्रिय संक्रमित छन् । संक्रमितमध्ये ३१ जनाको मृत्यु भएको छ । शुक्रबारमात्रै पाल्पामा थप १ संक्रमितको मृत्यु भएको छ । बगनासकाली गाउँपालिका १ का ७६ वर्षीय संक्रमित पुरुषको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले ईरानीमहललाई जानकारी दिनुभयो । पन्थीका अनुसार, केही दिनअघि युनाईटेड मिशन अस्पतालमा भर्ना हुनुभएका पुरुषलाई शुक्रबार नै मेडिकल कलेज रिफर गरिएको थियो । पुरुषमा गत मंगलबार कोरोना पुष्टि भएको थियो । पुरुषमा सुगर र उच्च रक्तचापको समस्या रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, पुस १८, २०७७  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update