Erani Mahal
आगन सहकारीकाे प्रथम साधारण सभा सम्पन्न
aahgan
पाल्पा- आगन बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम वार्षिक साधारणसभा तानसेनमा सम्पन्न भएकाे छ । सभाकाे उद्घघाटन नगर प्रमुख अशोक कुमार शाहिले गर्नुभयाे । उहाँले नगरका सबै वडामा स्मार्ट पसल सन्चालन गर्ने बताउनु भएको छ । उहाँले सहकारीको संख्या होइन गुणात्मक बिकास गर्नुपर्ने आवस्यकता रहेको बताउनुभयो । सहकारी कर्मीलाई प्रशिक्षण र लगानीको सुरक्षणका निम्ति सरकारको ३ खम्बे अर्थनिती अवलम्बन गर्ने, एकीकृत सुचना प्रणाली अवलम्बन गर्ने, युवा स्वोरोजगार कार्यक्रम ३ करोड भन्दा धेरै लगानी, कृषिमा आधारित भएर अनुदान दिने, कृषि उपजको बितरणका लागी ब्यवस्थित र आधुनिक प्याकेज ल्याउने नीति अवलम्बन गर्नुपर्ने बताउनुभयो । तानसेन नगरपालिका पाल्पाका सहकारी बिभाग प्रमुख दुर्गा बहादुर थापाले सदस्यको आर्थिक र सामाजिक अवस्था बिकास गर्न सकोस भन्दै शुभकामना दिनु भयो । सहकारी बिज्ञको रुपमा जिल्ला सहकारी संघका सचिब भुपती पान्डे, शेयर सदस्य को तर्फबाट पबित्र खनाल, कृश्न पाण्डे, सहकारीका जेस्ठ सदस्य टिकाराम बश्यालले शुभकामना ब्यक्त गरेका थिए । संस्थाले यो बर्षमा ३५ लाख ५३ हजार बरबारको आर्थिक कारोबार गरेको आर्थिक प्रतिबदेन कोषाध्यक्ष अम्बिका पाण्डे र लेखा समितिको प्रतिबेदन संस्थाका लेखा सुपरिवेक्षण समितीका सयोजक भबिन्द्र गौतमले प्रस्तुत गर्नुभएको थियो । संस्थाले आगामी बर्षका लागी १ करोड १५ लाख भन्दा धेरैको कारोबार गर्ने लक्ष्य लिएको छ । प्रथम बार्षिक साधारण सभाको कार्यक्रम संस्थाका अध्यक्ष भिमलाल भट्टराईको अध्यक्षता, उपाध्यक्ष गोपाल प्रसाद बश्यालको स्वागत र सचिब मिलन बिश्वकर्माको सन्चालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, पुस १७, २०७७  १०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update