Erani Mahal
नक्कली कागजात बनाएर पाल्पा प्रशासनबाट नागरिकता लिए बाग्लुङ्का युवाले
134459245_738691163688342_2972134754942129288_n
पाल्पा – पाल्पा जिल्लाबाट एक जना युवकले नक्कली कागजपत्र बनाएर नागरिता लिएको खुलेको छ । पाल्पाको रामपुर नगरपालिका वडा नंं १४ निवासी वर्ष ४८ का पिताम्बर अधिकारीको नक्कली छोरा बनेर बाग्लुङको गलकोट नगरपालिका वडा नंं. ८ पचुवा खर्वाङका २२ वर्षीय धनबहादुर कंडेलले जिल्ला प्रशासन कार्यालय पाल्पाबाट विजय अधिकारी नामबाट नागरिता लिएकाे खुलेको हो । धनबहादुर स्वः मानबहादुर कंडेल क्षेत्रीका छोरा भएपनि उनले पाल्पाबाट नक्कली कागजात बनाएर नागरिकता लिएका हुन् । बाग्लुङको गलकोट नगरपालिक वडा नं. ८ पचुवा खर्वाङका वडाअध्यक्ष रामप्रसाद कंडेलले धनबहादुर आफ्नै वडाबासी भएको पुष्टि गर्नुभएको छ । धनबहादुरका पिता मानबहादुर लामो समय भारतको मेघालयमा बसेर आउनुभएको र उहाँका ६ भाई छोरा तथा २ छोरी रहेको वडा अध्यक्षले बताउनुभयो । कृते गरेर नागरिता बनाउने धनबहादुर मानबहादुरको राँइलो (ठूलो कान्छो) छोरा भएको वडाअध्यक्ष कंडेलले पुष्टि गर्नुभयो । नयाँ नाम विजय अधिकारी (धनबहादुर कँडेल) कायम गरी धनबहादुरले नागरिता बनाएका छन् । नागरिता बनाउन सफल भएपछि उनले पिताम्बर अघिकारीलाई अंशमुद्दा पनि हालेको खुलेको छ । नाम र थर फेरेर उनको नागरिता बनाउन पिताम्बरका भाई कृष्णप्रसाद अधिकारीले सहयोग गरेकाे पाइएको छ । कृष्णप्रसादले नै सनाखत गरेको जिल्ला प्रसासन कार्यालय पाल्पाकाे रेकर्डमा उल्लेख छ । नागरिता जिल्ला प्रशासन कार्यालय पाल्पाका तत्कालिन प्रशासकीय अधिकृत ताराप्रसाद घिमिरेले जारी गर्नुभएको छ । उता पिताम्बर अधिकारीले भने भारतमा बस्दा धनबहादुरको परिवारैसंग परिचय भएको र पाल्पा रामपुर आफ्नो घरमा पनि आउनेजाने गर्दा आफ्नै भाई कृष्णप्रसादले नागरिता बनाइदिएर आफ्नो सम्पति हडप्ने प्रयास गरेको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘धनबहादुर मेरो घर आउने जाने गर्दथ्यो, मेरो साथीको छोरो हो तर भाईले मेरो सम्पत्ति हडप्न मेरो छोरा बनाएर नागरिता बनाईदिएछ, मलाई अदालतमा मुद्दा हालेपछि चाल पाएं ।’ आफू बिरामी भएको बेला वि.सं २०७२ सालमा आफ्नै भाई कृष्णप्रसादले आफूलाई झुक्याएर नागरिता बनाईदिएको उहाँले दाबी गर्नुभयो । [caption id="attachment_16022" align="alignnone" width="768"] स्वः मानबहादुरका छोराहरु क्रमश कृष्ण (कान्छो), हिरा (साईलो) र सन्तोष (काईलो) [/caption] उता पिताम्बरका भाई कृष्णप्रसादले लामो समय भारतमा बसेर आउँदा दाजु पिताम्बरले धनबहादुरलाई छोरो बनाएर लिएको दाबी गर्नुभयो । पछि पिताम्बर र धनबहादुरबीच विवाद भएपछि पिताम्बरले वेवास्ता गरेको र आफूले नागरिता बनाउन भने सहयोग गरेको कृष्णप्रसादले बताउनुभयो । नागरिता बनाउँदा आफूले सनाखत गरेको पनि उहाँले स्वीकार गर्नुभयो । ‘समाजका केही मान्छेले मलाई सनाखत गर्दा केही फरक पर्दैन भने, तर अहिले उनैले मलाई फसाउन खोजेका छन् ।’ उता बाग्लुङ निवासी मानबहादुरका दाजुभाईले पनि आफ्नो भाईले बाग्लुङबाट नागरिता बनाउन नपर्ने बताउँदै आएको उल्लेख गर्नुभयो । धनबहादुरले यो भन्दा ११ वर्ष अघि बाउको काजकिरिया सबै भाईहरुसंगै गरेर भारत गएको उनका कांईलो दाजु सन्तोष कंडेलले बताउनुभयो । अहिले भने मानबहादुर आफ्नो सम्पर्कमा नरहेको उहाँले बताउनुभयो । धनबहादुरका साईला बुवा इन्द्रबहादुर कंडेलकी बुहारी तिला कंडेलले भने धनबहादुरले पाल्पाबाट नागरिता बनाएको आफूले जानकारी पाएको बताउनुभयो । यसअघि गाउँमा आउँदा आफूले नागरिता बनाईसकेकोले बाग्लुङबाट नागरिता बनाउन नपर्ने प्रतिक्रिया धनबहादुरले दिएको उहाँले उल्लेख गर्नुभयो । जिल्ला प्रसाशन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले झुटो विवरण पेश गरेर नागरिता बनाएको पाईए छानबिन गरेर कारवाही गरिने बताउनुभयो । नागरिता बनाउने र बनाईदिने जोसुकैलाई कानुन बमोजिम कारवाही हुने उहाँको भनाइ छ । नागरिता बनाउने र बनाईदिनेलाई कारवाहीको माग गर्दै पिताम्बरका दुई दिदीबहिनी कमला पाण्डे र गंगा पाण्डेले जिल्ला प्रशासन कार्यालय पाल्पामा उजुरी दिनुभएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस १७, २०७७  ०८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update