Erani Mahal
पाल्पामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि
coronavirus-test-swab
पाल्पा- पाल्पामा थप ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्र्रकाश पन्थीका अनुसार थप ३८ जनामा तानसेन नगरपालिका तथा अस्पतालका २३ जना, रिब्दीकोट गाउँपालिकाका १ जना, बगनासकालीका ५ जना, रम्भाका ३, रैनादेवी छहराका ४ जना र रामपुरका २ जना रहेका छन् । पछिल्लो तीन दिनको नतिजामा २३ जना पुरुष र १५ जना महिलाहरु रहेका छन् । यस सँगै पाल्पामा कोरोना जाँच भएर पुष्टि हुनेको संख्या १८ सय ८ पुगेको छ । अहिले सम्म पाल्पामा १७ सय ७ जनाले कोरोना जितेका छन् भने ३० जनाको निधन भएको छ । पाल्पामा अहिले ७१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, पुस १६, २०७७  २०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update