Erani Mahal
माथागढीमा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण
FB_IMG_16090639631376114
पाल्पा- जिल्लाको माथागढी गाउँपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गरेको छ । गाउँ सरकारले निर्माण गरेको ‘हाम्रो माथागढी’नामक पाठ्यपुस्तकको एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ । पाठ्यपुस्तक निर्माणका लागि गाउँपालिकाले शिक्षा शाखाका प्रमुख अशेष भट्टराईको संयोजकत्वमा विज्ञ टिम बनाएको थियो । उक्त टिमले विभिन्न चरणमा जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षासम्बद्ध सरोकारवाला लगायतसँग छलफल गरी पाठ्यपुस्तक तयार गरेको हो । माथागढीको चिनारी,स्थानीय तरकारी,माथागढी गाँउपालिकाका विशिष्ट व्यक्तिहरू,धार्मिक स्थलरू,विविध जातजातिहरू,स्थानिय चाडपर्वहरू,न्वारन र छेवारोको परिचय,स्थानीय बोलीचाली र लिपि-मगरी भाषाका शब्दहरू,स्थानीय बाजाहरू,झ्याउरे नाच,स्थानीय व्यवसाय,स्थानीय खेल,स्थानीय खानेकुराहरू,स्थानीय पर्यटन, हाम्रा स्रोत तथा साधनहरू लगायतका विषयवस्तु पाठ्यपुस्तकमा समेटिएका छन्  । आधारभूत तहको ८ सय पूर्णाङ्क मध्ये सय पूर्णाङ्कको पाठ्यक्रम स्थानीय तहले नै तयार गर्न पाउने प्रावधान अनुसार गाउँपालिकाले कक्षा १ र ६ को पाठ्क्रममा आधारित पाठ्पुस्तक निर्माण गरेको हो । अनिवार्य र ऐच्छिक विषय बाहेक सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रमको विषयवस्तु विद्यालयहरुले पढाउनुपर्नेछ । पुस्तकको गाउँपालिकाका उपाध्यक्ष निर्मला भट्टराई र प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले सयुक्त रूपमा लोकापर्ण गर्नु भएको थियो। पुस्तकको लोकापर्ण गर्दै उपाध्यक्ष निर्मला भट्टराईले स्थानीयले आफै १०० पूर्णाङ्कको पाठ्यपुस्तक तयार पारेर लागु गर्दा बालबालिकाले आफ्नो गाउँ–ठाउँ, कलासंस्कृति, भेषभुषा, सम्पदा, भावनात्मक सम्बन्ध रहने, गाउँ ठाँउमै रहने वातावरणको विकास हुने बताउनुभयो । उँहाले पाठ्युपुस्तकलाई कार्यान्वयन गराउनु महत्वपूर्ण रहेको भन्दै यसका लागि शिक्षकहरुले तदारुकता देखाउनुपर्नेमा जोड दिनुभयो। प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले भने‘गुणस्तरी शिक्षा निर्माणमा शिक्षकहरुको महत्वपूर्ण भूमिका रहन्छ,त्यसैले शिक्षक इमान्दर र लगनशिल हुनुपर्छ ।’ उँहाले दक्ष र सीपयुक्त नागरिक उत्पादन गर्न स्थानीय पाठ्पुस्तकले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। शिक्षा शाखा प्रमुख अशेष भट्टराईले शिक्षालाई उद्देश्यमूलक, व्यवहारिक र रोजगारमूलक बनाउन स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गरिएको बताउनुभयो । कार्यक्रम शिक्षा शाखाका उपसंयोजक गजेन्द्र पन्थीले संञ्चालन गर्नु भएको थियो।
प्रकाशित मिति: बिहीबार, पुस १६, २०७७  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update