Erani Mahal
'संसद विघटन गरेर प्रधानमन्त्री ओलीले जनमतकाे अबमुल्यन गर्नुभयाे'
134122752_719536555358590_8291838874316509812_n
तानसेन – नेकपाका केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले संविधानमै नभएको अधिकारको प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको बताउनुभएको छ । आफू संविधान बनाउने बेलाको संविधान मस्यौदा समितिको सदस्य समेत रहेर काम गरेकाले संविधानमा संसद विघटन गर्ने कुनैपनि प्रावधान नभएको उहाँले उल्लेख गर्नुभयो । नेकपा पाल्पाद्वारा मंगलबार तानसेनमा आयाेजित बिराेध सभालाइ सम्बाेधन गर्नुहुँदै उहाँले प्रधानमन्त्रीले हुँदै नभएको अधिकार प्रयोग गरेर नेकपालाई जनताले दिएको दुई तिहाई मतको अबमुल्यन समेत गरेको उहाँकाे भनाइ छ । नेकपालाई जनताले स्थिरता र समृद्धिका लागि मत दिएका थिए तर प्रधानमन्त्रीको कदमले देशलाई अस्थिरतातर्फ धकलेको र प्राप्त उपलब्धिमाथि धावा बोल्ने काम भएको नेता पाण्डेयको भनाई छ । उहाँले अदालतले संसद पुनस्र्थापित गरेर नेपाली जनता र संविधानको रक्षा गर्ने विस्वास गर्नुभयो । सडकमा आउनुको उद्देश्य संविधानको रक्षा गर्न अदालतलाई सहयोग होस् भन्ने पनि रहेको नेता पाण्डेयको भनाई छ । कार्यक्रममा नेकपाका अर्का केन्द्रीय तुलाराम घर्तीमगर वसन्तले प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै समाप्त पार्ने गरी कदम चालेको बताउनुभयो । उहाँले प्रधानमन्त्री ओली लोकतान्त्रिक गणतन्त्रको नक्कली आमा भएको टिप्पणी गर्नुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न शसत्र जनआन्दोलन र शान्तिपूर्ण जनआन्दोलन रहेको चर्चा गर्दै गणतन्त्रको सच्चा नेता माधव नेपाल र प्रचण्ड रहेको जिकिर गर्नुभयो । केही ओली भएको पार्टी भत्काएर भारतीय र अमेरिकी साम्राज्यवादीको इशारामा चलेको आरोप लगाउनुभयो । यस्तै नेकपाकै केन्द्रीय सदस्य ठाकुर गहिरेले संसदबाट अर्को सरकार गठन हुन सक्ने विकल्प हुँदासम्म संसद भंग गर्न नमिल्ने बताउँदै प्रधानमन्त्रीले असंवैधानिक कदम चालेको बताउनुभयो । सरकार गठन गर्ने चार वटा विकल्प भएपनि केपी ओलीले कुनै पनि विकल्पका बारेमा छलफल नगरी संसद विघटन गरेको नेता गहिरेको भनाई छ । उहाँले भन्नुभयो २०६२/०६३ को आन्दोलनमा अब कहिल्यै राजनैतिक अधिकारका लागि लड्न नपरोस्, फेरी जनता सडकमा आउन नपरोस् भनेर जनआन्दोलन गरेर संविधान बनाएपनि अहिले केपी ओलीको सनकले गणतन्त्रमाथि आघात पुगेको उहाँले बताउनुभयो । उहाँले नेकपालाई जनताले दुई तिहाईको मत दिएपनि केपी ओलीको हठ र जिद्दीले जनताको मतमाथि अबमुल्यन भएको बताउनुभयो । उहाँले विगतमा कांग्रेस र नेकपा एमाले विभाजनका बेलामा निर्वाचन आयोगले बुहमत प्राप्त दललाई नै चुनाव चिन्ह र दलको मान्यता दिएको उल्लेख गर्नुहुँदै चुनाव चिन्ह सूर्य र दलको मान्यता पनि बहुमत केन्द्रीय सदस्य भएको दलले पाउने बताउनुभयो । कार्यक्रममा नेकपाका प्रदेश कमिटी सदस्य नेत्र पाण्डेय, अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य राजेन्द्रलक्ष्मी गैरे, तिनाउ गाउँपालिकाका प्रवक्ता राजेश श्रेठले प्रधानमन्त्रीको कदमका बिरुद्धका बोल्नुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७  २१:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update