Erani Mahal
पाल्पामा प्रचण्ड-माधव समूहकाे संसद विघटन विरुद्ध वृहत प्रर्दशन
dd (2)
पाल्पा- पाल्पामा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव नेपाल समूहले सरकारले एकतर्फी रुपमा गरेको संसद विघटन विरुद्ध वृहत प्रर्दशन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको गैरसंवैधानिक कदमको बिरोधमा टुँडीखेलबाट सुरु भएको विरोध र्याली आन्दोलनचोक, लहरेपिपल हुँदै हुलाकचोकमा पुगेर सभामा परिणत भएको थियो । सभामा प्रमुख अतिथि नेकपा जिल्ला इन्चार्ज तथा पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेयले संबिधानमै नभएको धारा प्रयोग गरेर केपी ओलीले संसद विघटन गरेकाले त्यसलाई अदालतले अस्वीकार गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । दुई तिहाई बहुमतको सरकारले नयाँ जनादेश भन्नु हास्यास्पद भएको भन्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई थप अराजकता तर्फ धकेलेकाले आन्दोलन गर्नुपरेको बताउनुभयो । उहाँले सडकको आन्दोलनले सरकार र अदालतलाई समेत गैरसंवैधानिक कदम सच्चाउन सहज हुने बताउनुभयो । कार्यक्रममा जिल्ला सहइन्चार्ज तुलाराम घर्ती, केन्द्रीय सदस्य ठाकुर गैर, प्रदेश कमिटि सदस्य नेत्र पाण्डे, अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य राजेन्द्र लक्ष्मी गैरे लगायतले सरकारको असंवैधानिक कदमको सबैले मिलेर विरोध गर्नुपर्ने बताउनुभयो । जिल्ला कार्यालय सदस्य कमल पाण्डेको संचालनमा भएको कार्यक्रमको अध्यक्षता राजेन्द्र विकको अध्यक्षतामा सम्पन्न भएको थियो । र्यालीमा गाउँगाउँबाट करिब १ हजार बढीको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update