Erani Mahal
बगनासकाली गाउँपालिकाका अध्यक्षद्वारा विपन्न किसानलाइ सहयाेग
gs
पाल्पा- बगनासकाली गाउँपालिकाका अध्यक्षद्वारा विपन्न किसानलाइ सहयाेग गर्नुभएकाे छ । अध्यक्ष कृष्ण बस्यालको आर्थिक सहयोगमा मालरानी बचत तथा ऋण सहकारीको समन्वयमा बगनासकाली गाउँपालिका वडा ९ का किसानहरुलाई बाख्रा वितरण गरिएको हो । सहकारीमा आवद्ध १० जना विपन्न वर्गका सदस्यहरुलाई एक÷एक वटा बाख्रा वितरण गरिएको संहकारीका अध्यक्ष चिन्तमणी बस्यालले बताउनुभयाे । विपन्न वर्गका व्यक्तिहरुलाई आयआर्जनमा लागी आत्मनिर्भर बनाउन बाख्रा वितरण गरिएको उहाँले बताउनुभयाे । उहाँका अनुसार सहकारीले अहिलेसम्म ३० जना सदस्यहरुलाई बाख्रा वितरण गरिसकेको छ । सहकारीले गाउँपालिका अध्यक्ष कृष्ण बस्यालको सहयोगमा विगत तीन वर्षदेखि बाख्रा वितरण गर्दै आएको हो । सामान्य आय भएका किसानहरुलाई व्यवसायिक रुपमा लाग्न आफूले पाएको पारिश्रमिकबाट आर्थिक सहयोग गरेको गाउँपालिका अध्यक्ष बस्यालले बताउनुभयाे । उहाँले किसानहरु समृद्धि भए मात्रा गाउँपालिका समृद्धि हुने भन्दै सबै वर्ग र क्षेत्रका किसानहरुलाई आयआर्जमा लाग्नका लागि सहयोग गरेको बताउनुभयाे । स्थानीय सरकारले कृषकहरुका लागि विभिन्न कार्यक्रमहरु ल्याए पनि अध्यक्ष बस्यालले आफ्नो पारिश्रमीकबाट व्यक्तिगत रुपमा विपन्न वर्गका कृषकहरुको उद्यानका लागि आर्थिक सहयोग गरेका हुन् ।
प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update