Erani Mahal
बुटवल सैनामैनामा प्रदेशकै नमुना फोहर प्रशोधन केन्द्र बनाइने
fohor_prasodhan_4_HxwVHyPADE
बुटवल- लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा फोहर व्यवस्थापनमा बर्षौंदेखि देखा पर्दै आएको चुनौती समाधान गर्ने उद्देश्यले रुपन्देहीको सैनामैनामा फोहर प्रशोधन केन्द्र स्थापना गर्न थालिएको छ । सो प्रशोधन केन्द्रमा प्रदेशका कम्तीमा तीन जिल्लाका स्थानीय तहबाट निस्किएका फोहरलाई व्यवस्थापन एवं प्रशोधन गरी आम्दानीसमेत गर्ने लक्ष्य राखिएको छ । फोहरको उचित व्यवस्थापन हुन नसकेको भन्दै आलोचना खेप्दै आएका बुटवल, सैनामैना र सिद्धार्थ नगरपालिकाको फोहर व्यवस्थापन गर्नेगरी सैनामैना नगरपालिका–१०, खोरमोरमा प्रशोधन केन्द्र निर्माणको प्रकृया सुरु भएको हो । संघीय सरकारको १० करोड लागतमा बन्ने प्रशोधन केन्द्रमा दीर्घकालीन रुपमा रुपन्देहीका सवै स्थानीय तहसँगै कपिलवस्तुको बाणगगा नगरपालिकाको समेत फोहर ल्याएर प्रशोधन गरी फोहरलाई मोहर बनाउने लक्ष्य रहेको बताइएको छ । सैनामैना नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकनको काम अन्तिम चरण रहेको बताए । ‘कारखाना बन्ने स्थानमा खोलाको व्यवस्थापन पनि गरिएको छ,’ उहाँले भन्नुभयाे, ‘खोला रोक्नका लागि तारजाली लगाईसकिएको छ ।’ उक्त कार्यका लागि सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्की संयोजक, बुटवल उपमहानगरका उपप्रमुख गोमा आचार्य सहसंयोजक रहनेगरी समिति गठन गरिएको छ । प्राङ्गारिक मल कारखाना बनाउने उद्देश्यसहित निर्माण हुन लागेको फोहर व्यवस्थापन तथा प्रशोधन केन्द्र २ वर्षभित्र तयार भइसक्ने पन्थीले बताउनुभयाे । हाल सैनामैनामा प्रतिदिन १० टन, बुटवलमा ५० टन फोहर उत्पादन हुने गरेको छ ।
प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update