Erani Mahal
पाल्पामा नब्बे बढी विपन्न परिवारको 'बस्ने घर' बन्दै
jata aawas ghar
पाल्पा – सरकारले विपन्न, सिमान्तकृत र दलित समुदायलाई लक्षित गरी सञ्चालन ल्याएको ‘जनता आवास’ कार्यक्रमबाट पाल्पाका ९० परिवार लाभान्वित भएका छन् । याे वर्ष थप ३७ परिवार लाभान्वित हुनेछन् । घर नभएका र घर बनाउन नसकेका विपन्न र सिमान्तकृत परिवारको घर सरकारले नै बनाउने योजनाका साथ गत वर्षदेखि पाल्पामा ‘जनता आवास’ कार्यक्रम सुरु भएको थियो । याे कार्यक्रम लागू भएपछि पाल्पाका विभिन्न स्थानमा रहेका विपन्न परिवार खुसी भएका छन् । गत वर्ष ‘जनता आवास’ कार्यक्रमबाट पाल्पामा ९० वटा घर बनेका छन् । हालसम्म ५१ वटा घर बनिसकेको सहरी विकास तथा भवन कार्यालय पाल्पाले जनाएको छ । बाँकी ३९ वटा घर निर्माणको अन्तिम चरणमा रहेको ‘जनता आवास’ कार्यक्रमका फोकल पर्सन सुशिल ज्ञवालीले जानकारी दिनुभयो । कार्यालयका अनुसार पाल्पाको निस्दी र रैनादेवी छहरा गाउँपालिकामा सात÷सात वटा, रिब्दीकोट र तिनाउमा आठ/आठ वटा, पूर्वखोलामा पाँच वटा, रामपुर र माथागढीमा दश÷दश वटा विपन्न परिवारको घर बनेको छ । यस्तै तानसेनमा तीन, पूर्वखोलामा पाँच, बगनासकालीमा १७, रम्भामा ११ वटा घर बनेको ज्ञवालीले जानकारी दिनुभयो । यो कार्यक्रम अन्तर्गत सरकारले तोकिएको मापदण्ड अनुसारको घर बनाएपछि चार किस्तामा विपन्न परिवारलाई तीन लाख ३६ हजार ६५६ रुपियाँ प्रदान गर्नेछ । पाल्पामा यो कार्यक्रम अन्तर्गत भान्सासहितको दुई वटा पक्की कोठा बन्नेछ । छाना भने जस्ताकोपाता रहेको छ । विपन्न परिवारको घर सरकारले बनाएपछि यहाँका अतिसिमान्तकृत तथा दलित समुदायका परिवार पनि खुसी भएका छन् । हाम्रो घर बनाउने अवस्था थिएन माथागढी–३, सराईका लक्ष्मण रसालीले भन्नुभयो घरभित्र बस्ने चाहना सरकारले पूरा गरिदियो । आफू १५ वर्षदेखि टिनले बारेको छाप्रोमा बसेको बताउँदै उहाँले ज्यालादारीबाट साँझबिहानको जीविकोपार्जन गरेपनि घर बनाउन नसकेको बताउनुभयो । भवन डिभिजन कार्यालयका अनुसार चालु आव २०७७/०७८ मा पाल्पामा थप ‘जनता आवास’ कार्यक्रमबाट ३७ वटा घरहरू बन्ने प्रक्रियामा रहेको भवन डिभिजन कार्यालय पाल्पाका प्रमुख हरिभक्त श्रेष्ठले बताउनुभयो । सङ्घीय सरकारको कार्यक्रममा प्रदेश सभासद्को नेतृत्वमा बनेको समितिले घर बनाउनुपर्ने विपन्न, सिमान्तकृत तथा दलित परिवारको छनौट गर्ने उहाँले बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, पुस १३, २०७७  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update