Erani Mahal
ट्रकले ठक्कर दिदा दुई जना पैदल यात्रुकाे घटनास्थलमै मृत्यु
Accident1521_ndQD1AFEnE
गुल्मी - गुल्मी जिल्लामा ट्रकले पैदलयात्रुलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । शनिबार राति करिब २ बजे बुटवलबाट खाद्यन्न लिएर तम्घास आइरहेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुंगा नगरपालिका १३ मसिना खोलामा पैदल यात्रा गरिरहेका यात्रुलाइ ठक्कर दिदा दुइ जनाकाे घटनास्थलमा मृत्यु भएकाे हाे । मृत्यु हुनेमा रेसुंगा नरपालिका-१,३ का २६ बर्षका टोपबहादुर रजाली र २३ बर्षका बालकृष्ण भुजेल रहेकाे प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले शबलाई पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको बताउनुभयाे । प्रहरीले ट्रकका चालक गुल्मीदरबार गाउँपालिका-६, चारपालाका २९ jर्षका गोापल टण्डनलाइ नियन्त्रणमा लिएकाे छ । थप अनुसन्धान कार्य भइरहेकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: आइतबार, पुस १२, २०७७  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update