Erani Mahal
पाल्पाकाे निस्दीमा मृत भेटिएका पुरूषकाे पहिचान खुल्याे
dead_Body
पाल्पा - जिल्लाकाे निस्दी गाउँपालिका-५, गल्घा ढुंगानाबेशी नजिकै निस्दी खाेलामा मृत भेटिएकाे पुरूषकाे पहिचान खुलेकाे छ । साेमबार बिहान मृत अवस्थामा फेला परेका व्यक्ति निस्दी ५, गल्घा ढुंगानाबेसी बस्ने ४२ वर्षका कृष्णबहादुर साेतीमगर रहेकाे प्रहरीले जनाएकाे छ । घर नजिकैकाे आफ्नै खेतमा पानी लगाउन जाने क्रममा कूलाेमा खसेर मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैंयाले जानकारी दिनुभयाे । उहाँले साेतीमगरकाे मृत्युका बारेमा थप अनुसन्धान भइरहेकाे बताउनुभयाे । यसअघि प्रहरीले पहिचान नखुलेकाे व्यक्तिकाे शब फेला परेकाे जनाएकाे थियाे ।
प्रकाशित मिति: सोमबार, पुस ६, २०७७  १९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update