Erani Mahal
चुरोटको लत छाड्न सक्नुभएको छैन ? अपनाउनुहोस् यी उपाय
quit_smoking
हामी सबैलाई थाहै छ, धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ । तर, हामी यो जान्दा जान्दै धुम्रपान (चुरोट) पिउने तल छोड्न सकेका हुँदैनन् । चुरोटको लत छिट्टै लाग्छ तर छोड्न भने त्यति सजिलो छैन । शुरूमा आफ्नो साथीसँग बसेर एक दुई पटक चुरोट पिउने बानीले बिस्तारै चुरोटको अमली बनाउँछ । केही वर्षसम्म त चुरोटले शरीरमा खासै केही असर देखाउँदैन तर एक समय यस्तो आउँछ, चुरोटको खराब असर देखिन शुरू गर्छ । त्यसपछि अमल लागेको व्यक्तिले सयौंपटक चुरोट छोड्ने कसम खान्छ, सयौंपटक कोशिस गर्छ, केही पटक छोड्छ पनि । तर चुरोट छोड्नु जति गाह्रो उसलाई केही लाग्दैन । चुरोट पिउन छुटाउन धेरै संस्थाहरूले काम पनि गरिरहेका छन् तर छोड्नेको संख्या भने बढेको छैन । यसलाई कसरी छोड्न सकिन्छ ? हामीले यहाँ केही सामान्य उपायहरुबारे जानकारी दिएका छौं । १. विहान उठेर दुई गिलास पानीमा कागती मिसाएर दैनिक पिउने गर्नुहोस् । त्यस्तै, शारीरिक व्यायाम गर्नाले चुरोट पिउने तलतललाई कम गर्छ । विहान आधा घण्टा हिंड्ने या जिम गर्ने या अन्य शारीरिक कसरतपछि फलफूल लिने कामले शरीरमा निकोटिनको प्रभावलाई कम गर्ने वैज्ञानिकहरूले बताएका छन् । २. चुरोट पिउन छोड्ने नै हो भने योगा पनि प्रभावकारी उपाय हुन सक्छ । योगाले ध्यान अन्तै मोड्ने काम गर्छ, जसबाट चुरोटको तलतल मेटिन्छ । यसका साथै डान्स क्लास र अन्य व्यस्त हुने उपायहरू पनि अपनाउन सकिन्छ । ३. चुरोट छाड्नकै लागि भनेर खैनी, गुट्खा या अन्य अम्मल शुरू गर्नु ठीक हुँदैन । यस्ता कतिपय कुराहरू चुरोट भन्दा पनि हानिकारक हुन सक्छन् । बरू निकोटिनको तलतल लागेमा निकोटिन युक्त चुइगम या डाक्टरको सल्लाहमा अन्य प्रक्रियाबाट निश्चित डोज निकोटिन लिन सकिन्छ । ४. चुरोट छोड्नका लागि परिवारसँग समय बिताउनु अत्यन्तै महत्त्वपूर्ण छ । चुरोट खाने साथीहरूको संगत छोड्नुपर्छ । नयाँ साथी बनाउने, नयाँ ठाउँमा घुम्न जाने र कुनै नयाँ कामको थालनी गर्नाले चुरोटको तलतल मेटाउन सहयोग पुग्छ । ५. जब तपाँईलाई चुरोट पिउन तल्तल् लाग्छ, आफैले आफैलाई सम्झाउनु कि ‘मलाई चुरोट छोड्नु छ’। चुरोट छाड्न सबैभन्दा बढी आफ्नै इच्छाशक्तिको आवश्यक पर्दछ । चुरोट कहिले नपिउने व्याक्तिसंग संगत गर्ने र चुरोट पिउदा हुने हानीलाई जहिले स्मरण गरीरहने गर्दा पनि चुरोट पिउने लतबाट छुट्कारा मिल्छ ।
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update