Erani Mahal
झडेवा-रहबास-बहादुरपुर सडकखण्डकाे ताकातुङ्मा पक्की पुल बन्ने
nnn
पाल्पा - माथागढी क्षेत्रका जनताकाे पुल बनाउने धेरै वर्षदेखिकाे चाहना पूरा हुने भएकाे छ । माथागढी गाउँपालिकाका जनताले धेरै वर्षदेखि ताकातुङ्मा पुल बन्नुपर्ने माग राखेपनि पूरा हुन सकेकाे थिएन । तर अहिले आएर लुम्विनी प्रदेश सरकारकाे लगानीमा वडा नं.७ रहवास र वडा नं.८ बहादुरपुर जाेड्ने अरूणखाेलामा पक्की पुल बन्ने भएपछि यस क्षेत्रका नागरिक पनि खुसी भएका छन् । ताकातुङ्मा पक्की पुल निर्माण सुरू भएकाे छ । बिहीबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले पुलकाे शिलान्यास गर्नुभयाे । उहाँले पाल्पाकाे विकास र उन्नतिमा प्रदेश सरकारले प्राथमिकताका साथ याेजना र बजेट विनियाेजन गरेकाे बताउनुभयाे । उहाँले याे वर्ष पाल्पामा सबैभन्दा धेरै बजेट विनियाेजन भएकाे जानकारी समेत दिनुभयाे । वर्षाैदेखि यहाँ पुलकाे आवश्यकता भएपनि पुल बन्न सकेकाे थिएन । पुल बनेपछि रहबास र बहादुरपुरका स्थानीयबासीलाई हिउँद र वर्षातमा यात्रा गर्न सजिलाे हुनेछ । पुल निर्माणका लागि प्रदिप कन्ट्रकसन रूपन्देहीले जिम्मा लिएकाे छ । सम्झाैता अनुसार २०७८ जेठ ३१ गतेभित्सर पुल निर्माणकाे काम सक्नुपर्ने र पुलकाे लागत ४ करोड १ लाख रूपियाँ रहेकाे सडक पूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख इन्जिनियर प्रेम बस्यालले जानकारी दिनुभयाे । पुल शिलान्यास कार्यक्रममा प्रदेश सभासद् नारायण आचार्यले यस क्षेत्रका जनताको लामो समयदेखिको पुल निर्माणको चाहना प्रदेश सरकारले पूरा गरेको बताउनुभयाे । अर्का प्रदेश सभाषद् रमा घर्तीले जनताको आवश्यकतालाइ मध्यनगर गर्दै प्रदेश सरकारले पुल निर्माण गर्न लागेकाे बताउनुभयाे । माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापाकाे स्वागत र जिल्ला समन्वय समितिका कार्यबहाक प्रमुख मिरा मरासिनीकाे अध्यक्षतामा शिलान्यास कार्यक्रम भएकाे हाे ।
प्रकाशित मिति: बिहीबार, पुस २, २०७७  २०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update