Erani Mahal
युवावस्थामा नै मुटुरोग ! चिन्नुहोस् यी लक्षणहरू
heart-attack
पछिल्लो समय मुटु रोगको समस्या बोकेर बसेका युवाहरुको संख्या बढेको पाइन्छ । युवावस्थामा धुम्रपान र मध्यपानको खराब बानी र असन्तुलित जीवनशैलीका कारण मधुमेह र उक्तचापसँगै हृदयघातको समस्या पनि हुनसक्छ । एक रिपोर्टका अनुसार खराब जीवनशैलीका कारण युवाहरुमा मुटुसम्बन्धी रोगहरु लाग्न सक्छ । जीवनशैलीका कारण मुटुसम्बन्धी रोग लाग्ने सम्भावना ७५ प्रतिशत धेरै हुन्छ । रिपोर्टका अनुसार भारतमा हरेक वर्ष ९०० जनामा हृदयघात हुने र जसमध्ये ३० वर्षभन्दा कम उमेर समूहका व्यक्तिहरु धेरै हुने गर्छन् । यो आकँडा समयसँगै बढिरहेको पाइन्छ । हृदयघातको प्रमुख कारण सुरुवाती लक्षणहरु पहिचान गर्न नसक्नु नै हो । कारण प्रोग्रेसिव हर्ट फेलियर रक्त नलीहरुमा बोसोजन्य पदार्थ जम्मा भएर हुने गर्छ । यसको मुख्य कारण खराव जीवनशैली, अत्यधिक तौल, उच्च कोलेस्ट्रोल र मधुमेह जस्ता रोगहरु हुन् । यस्ता रोगका कारण हरेक दिन युवाहरुमा हृदयघातको सम्भावना बढ्दै गएको छ । लक्षण सुरुवातमा नै मुटुमा हुने समस्याहरु पहिचान गर्न सकेको खण्डमा हृदयघातबाट बच्न सकिन्छ । बेचैन हुने हृदयघातको सबैभन्दा मुख्य लक्षण छात्तीभित्र बैचनी हुनु नै हो । र छात्तीभित्र भारीपन महसुस गर्नु हो । साथै, कतिपय अवस्थामा छात्ती पोल्नु पनि हृदयघातको लक्षण हुनसक्छ । सास फेर्न समस्या सास फेर्न समस्या हुनु हृदयघातको लक्षण हो । साथै, थोरै पाइला चाल्ने वित्तिकै अत्यधिक सास फुल्ने हुन्छ भने त्यो हृदयघाततर्फ इशारा हुनसक्छ । हात झम्झमाउने यदि हात बारम्बार झम्झमाउने गर्छ भने यो हृदयघात तथा पक्षघातको संकेत हुनसक्छ । धेरै पसिना आउनु गर्मीमा धेरै पसिना आउनु सामान्य नै भएपनि जाडोमा समेत अत्यधिक पसिना आउँछ भने त्यो हृदयघातको समस्या हुनसक्छ । अचानक शरीरको कुनै अंगले काम गर्न छोडेमा त्यो समस्यालाई बेवास्ता गर्नुहुँदैन । त्यो पनि हृदयघातको संकेत हुनसक्छ । -एजेन्सी
प्रकाशित मिति: बिहीबार, पुस २, २०७७  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update