Erani Mahal
पाल्पामा थप २२ जना कोरोना संक्रमित निको भए, कति थपिए ?
Corona__
पाल्पा - पाल्पामा थप २२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । मंगलबार र बुधबार जिल्लाका विभिन्न स्थानीय तहका २२ संक्रमित निको भएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसंगै कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या १ हजार ५७७ पुगेको छ । यस्तै, पाल्पामा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा तानसेन नगरपालिकाका ३ जना, पूर्वखोला गाउँपालिकाका २ जना छन् । त्यस्तै रैनादेवी छहरा, बगनासकाली र निस्दी गाउँपालिकाका थप १/१ जनामा संक्रमण पुष्टि भएको छ । योसंगै पाल्पामा कोरोना संक्रमित हुनेको कुल संख्या १ हजार ७३२ पुगेको छ । जिल्लामा हालसम्म २९ जना संक्रमितको मृत्यु भएको छ भने हाल सक्रिय संक्रमितको संख्या १ सय २६ रहेको स्वास्थ्य कार्यालयले जानएको छ ।
प्रकाशित मिति: बुधबार, पुस १, २०७७  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update