Erani Mahal
निस्दीमा प्रहरीकाे नयाँ भवन बन्याे
vvvv
पाल्पा - रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालमा नव निर्मित भवनको राष्ट्रिय पुन निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उद्घाटन गर्नुभएको छ । सोमबार उद्घाटन गर्नुहुँदै प्रमुख ज्ञवालीले प्रहरी जीवनको अभिन्न अंग रहेको भन्नुहुँदै समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरीको ठूलो भुमिका रहने बताउनुभयो । साथै ज्ञवालीले हामी विपतको बेला सबैभन्दा पहिला प्रहरी संगठनलाई गुहार्ने गरेकोमा प्रहरी र समुदाय बीचमा सुमधुर सम्बन्ध रहनुपर्छ भन्नुभयो। कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य युवराज खनाल, निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु लगायतले बोल्नुहुँदै समाजमा शान्ति कायम राख्नमा प्रहरीको भुमिका प्रशंसा योग्य रहेको बताउनुहँदै भवन निर्माणमा सहयोग पुर्याउनु हुने सबैलाई धन्यवाद प्रकट गर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक सन्तोष कुमार भट्टराईको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा भवन निर्माणको लागि जग्गा प्रदान गर्नुहुने रामलाल खण्डलुक र भुमि सरा सुनारी साथै निर्माण व्यावसायी दामोदर गैरेलाई कदरपत्र र दोसल्लाले सम्मान गरेको थियो। लुम्बिनी प्रदेश प्रहरी कार्यलयका प्रहरी निरीक्षक सुमन दाहालले भवन निर्माणको प्रतिवेदन प्रस्तुत गर्नुहुँदै कुल १ करोड २७ लाख ३६ हजार १ सय ५६ रुपैयाँ २६ पैसाको लागतमा निर्माण सम्पन्न भएको बताउनुभयो । इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भिम बहादुर कार्कीले कार्यक्रम सफल पार्न सहयोग पुर्याउनु हुने सबैमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७  २०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update