Erani Mahal
याे वर्ष पाल्पामा सुन्तला उत्पादन घट्ने अनुमान
Suntala-yamlal-pokhrel
पाल्पा - पाल्पामा यसवर्ष सुन्तला पाक्न ढिलाई भएको छ । विगतका वर्षमा यतिबेला रैनादेवी छहरा गाउँपालिका–४, अमलावास बाहुनटोलाका किसानलाई सुन्तला बिक्री गर्न भ्याइनभ्याई हुन्थ्यो । तर, यसवर्ष सुन्तला पाक्न ढिलाई हुँदा यसका दुई दर्जन परिवारले अहिलेसम्म सुन्तला बिक्री गर्न पाएका छैनन् । ‘विगतमा यतिबेला सुन्तला बिक्री गर्न भ्याइनभ्याई हुन्थ्यो’ किसान विष्णु कोइरालाले भन्नुभयो, ‘यसवर्ष सबैको बारीभरी सुन्तला लटरम्मै छतरअझै पुरा पाकिसकेको छैन् ।वर्षात बढी भएका कारण चिसोले पाक्न ढिलाई भएको होला ।’ सुन्तला पाक्न अझै केही दिन लाग्ने उहाँले बताउनुभयो । यता रिब्दिकोट गाउँपालिका–७, का किसान दानबहादुर कुवँरले पनि यसवर्ष सुन्तला पाक्न ढिलाई भएको बताउनुभयो । ‘असोजमै पाक्ने सुन्तला मंसिर सकिन लाग्दा पनि राम्रो कलर आएन्’ उहाँले भन्नुभयो । पालुङ्मैनादीका किसानले भने सुन्तला बिक्री गर्न सुरु गरिसकेका छन् । [caption id="attachment_7500" align="alignnone" width="768"] फाइल तस्बिर । [/caption] आम्दानी पनि घट्ने विगतका वर्षको तुलनामा यसवर्ष सुन्तला बिक्रीबाट आम्दानी पनि घट्ने किसानहरु बताउँछन् । यसवर्ष सुन्तलाका दाना सानो फलेको तथा कतै सुन्तला आफै झरेका कारण आम्दानी घटने किसानहरुको भनाई छ । रैनादेवी छहरा अमलावासका किसान विष्णु कोईरालाले यसवर्ष रोगका कारण सुन्तला बोटबाटै झरेको र सुन्तलाका दाना पनि साना रहेको बताउनुभयो । उहाँको बारीमा २ सय बोट सुन्तला छन् । उहाँले गतवर्ष एक लाख ८० हजार रुपैयाँको सुन्तला बिक्री गरेको बताउँदै यसवर्ष सोही बराबरको आम्दानी नहुने बताउनुभयो । यसवर्ष एक लाख रुपैयाँसम्म आम्दानी हुने अपेक्षा राखेको बताउनुभयो । रिब्दीकोट–७ , पालुङ्मैनादीका किसान दानबहादुर कुवँर पनि यसवर्ष सुन्तलाका दाना साना फलेका कारण आम्दानी घट्ने बताउनुभयो । उहाँले ३८ रोपनी क्षेत्रफलमा सुन्तला खेती गर्नुभएको छ । ‘गतवर्ष चार लाख ५० हजार रुपैयाँको सुन्तला बिक्री गरेको थिए’ उहाँले भन्नुभयो, ‘यसवर्ष चार लाख १० हजार रुपैयाँ बराबरको बिक्री गर्ने लक्ष्य छ ।’
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०७७  २०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update