Erani Mahal
पाल्पामा आठ हेक्टर क्षेत्रफलमा अलैची खेती
alaichii
पाल्पा - पाल्पाका किसानले व्यावसायिक अलैची खेती सुरु गरेका छन् । जिल्लाको निस्दीस्थित झिरुबासको लवेद, खाँदर, सहलकोट र रैनादेवी छहराको बल्ढेङ्गढीका किसानले आठ हेक्टर क्षेत्रफलमा अलैची खेती गरेका हुन् । कबुलियती वन कार्यक्रममार्फत अलैचीका बिरुवा र प्राविधिक सहयोग पाएपछि यहाँका किसानले अलैचीको व्यावसायिक खेती थालेका हुन् । यसअघि आफ्नो बारीमा मकै सहित अन्य खेती गर्दै आएका किसानले अहिले अलैची खती गर्न थालेको उनीहरूले बताएका छन् । [caption id="attachment_15688" align="alignnone" width="768"] तस्विर क्रेडिट : याम सागर ।[/caption] निस्दी-३, झिरुबास खाँदरका किसान तुलबहादुर बयम्बुले आफूले एक हेक्टरमा क्षेत्रफलमा विगत पाँच वर्षदेखि अलैची खेती गरेको बताउनुभयो । उहाँले यो वर्ष डेढ लाखको अलैची बिक्री गरिसकेको र बाँकी आठ क्वीण्टल अलैची बिक्री गर्न बाँकी रहेको बताउनुभयो । बयम्बुले खेतीबाट भन्दा अलैची खेतीबाट चौगुणा फाइदा भएको सुनाउनुभयो । यसअघि अलैची खेतीका बारेमा जानकारीसमेत नभएका किसानले तालिम र प्राविधिक सहयोग पाएपछि किसान अलैची खेतीप्रति आकर्षित भएको बताउँछन् । दश वर्षअघिसम्म पाल्पाको माथागढीस्थित ओलेसमा मात्र अलैची खेती हुँदै आएको थियो । ओलेसमा गानो कुहिने समस्याबाट त्यहाँका किसानले अलैचीको खेती गर्न छाडेका थिए । तर यसको विस्तारै जिल्लाभर नै खेती पुन सुरु भएको छ । तर विगत पाँच वर्षदेखि निस्दी र रैनादेवी छहरामा समेत अलैचीको व्यवसायिक खेती सुरु भएको कवुलियती वन कार्यक्रमका प्राविधिक रामचरण चौधरीले जानकारी दिनुभयो । पाल्पाका विभिन्न स्थानमा अलैची खेतीको राम्रो सम्भावना भएपनि किसानलाई यससम्बन्धी पर्याप्त जानकारी नहुँदा अलैचीको व्यवसायिक खेती हुन सकेको थिएन । यसको खेती कसरी गर्ने भन्ने पहिले जानकारी थिएन, चौधरीले भन्नुभयो अहिले किसान बिस्तारै अलैचीखेती प्रति आकर्षित हुँदै गएका छन् । किसानलाई प्राविधिक सहयोग गर्ने हो भने जिल्लाका दर्जनौँ स्थानमा अलैचीको व्यवसायिक खेती फस्टाउने उहाँले बताउनुभयो । पाल्पा जिल्लाबाट यो वर्ष एक टन बढी अलैची प्रतिकिलो ७०० रुपियाँमा बिक्री हुने अनुमान गरिएको छ । अलैची खेती पाल्पामा सुरु भएको केही वर्षमात्र भएकाले क्रमशः उत्पादन बढ्ने डिभिजन वन कार्यालय पाल्पाका सहायक वन अधिकृत यमलाल पोखरेलले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०७७  २०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update