पाल्पा – पाल्पामा हालसम्म कोरोना परीक्षण गर्नेको संख्या १२ हजार नजिक पुगेको छ ।
स्वास्थ्य कार्यालय पाल्पाका अनुसार शनिबारसम्म ११ हजार ७ सय २६ जनाको स्वाब परीक्षण भएको छ । परीक्षणमध्ये १ हजार ७ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० हजार ८२ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
हालसम्म संक्रमण पुष्टि हुनेमा १ हजार २ सय ६० पुरुष र ४ सय ५२ जना महिला रहेका छन् ।
पाल्पामा कोरोना संक्रमित दिनहुँ बढिरहेका छन् । निको हुनेको संख्या पनि बढ्दै गएको छ ।
संक्रमितमध्ये १ हजार ५ सय ३० जना निको भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
हाल जिल्लाभर सक्रिय संक्रमितको संख्या १ सय ५४ रहेको छ ।
पाल्पामा हालसम्म २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण हेर्नुहोस्
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०७७ १२:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय