Erani Mahal
बुधवार पाल्पामा कति थपिए कोरोना संक्रमित ?
coronavirus_
पाल्पा – बुधवार पाल्पामा थप ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार ३३ जनाको पीसीआर परीक्षण गरिएकोमा ५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा तानसेन नगरपालिकाभित्र ४ जना र रैनादेवी छहरा गाउँपालिकाका १ जना रहेका छन् । बुधवार थपिएकासंगै पाल्पामा कोरोना भाइरस संक्रमितको कुल संख्या १ हजार ६७३ पुगेको छ । संक्रमितमध्ये १ हजार ४३८ जना निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या २ सय १० रहेको छ । पाल्पामा हालसम्म २५ जना संक्रमितको मृत्यु भएको छ । यो पनि पढ्नुहोस् : पाल्पामा थप एकजना कोरोना संक्रमितको ज्यान गयो
प्रकाशित मिति: बुधबार, मंसिर २४, २०७७  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update