Erani Mahal
निस्दीको मित्यालमा लैंङ्गिक हिंसा विरुद्द सचेतनामूलक कार्यक्रम
mityal
पाल्पा - जिल्लाको निस्दी गाउँपालिकामा लैंङ्गिक हिंसा विरुद्दको १६ दिने अभियान संचालन भएको छ । मंगलबार निस्दी गाउँपालिका वडा नं. ४ को कार्यालय मित्यालको आयोजनामा जीवन ज्योती आधारभूत विद्यालय लामेदमारमा सचेतनामूलक कार्यक्रम गरिएको छ । महिला वडा सदस्य हेमकुमारी सुनारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष रिताकुमारी अर्यालले निस्दीमा कुनैपनि समुदायका नागरिक हिंसामा पर्न नदिने बताउनुहुँदै निस्दीलाई हिंसामुक्त पालिका बनाउने प्रतिबद्धता गर्नुभएको छ । वडा सदस्य मनप्रसाद सोतीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा निस्दी गाउँपालिका महिला शाखा संयोजक सुजाता पन्थी, जीवन ज्योती आधारभूत विद्यालयका प्रध्यानाध्यापक चित्र सिंह आले लगायतले बोल्नुहुँदै समाजमा हिंसात्मक गतिविधि हुन नदिन प्रहरीलाई समुदायको जहिलेपनि पूर्ण साथ र सहयोग रहनुपर्ने बताउनुभयो । समुदायस्तरमा क्रियाशील अगुवा व्यक्ति, समाजसेवी, महिला दिदीबहिनी, शिक्षक विद्यार्थी सहभागी रहेको कार्यक्रमको सहजीकरण रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालका प्रमुख डेढ बहादुर थापाले गर्नुभएको थियो । यो अभियान निस्दीको प्रत्येक वडामा संचालन गरिने महिला शाखा संयोजक पन्थीले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०७७  १९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update