Erani Mahal
पाल्पाको कोरोना अपडेट : तानसेनका १८ सहित थप २८ जनामा संक्रमण
coronavirus_
पाल्पा - पाल्पामा थप २८ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार सोमबार र मंगलबार विभिन्न प्रयोगशालामा गरिएको ९० पीसीआर परीक्षणमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै पाल्पामा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ६८ पुगेको छ । यो पनि पढ्नुहोस् पाल्पा रामपुरका एकजना कोरोना संक्रमितको बुटवलमा मृत्यु संक्रमितमध्ये २४ जनाको निधन भएको छ भने १ हजार ४ सय ३९ जना निको भएका छन् । हाल पाल्पामा सक्रिय संक्रमितको संख्या २ सय ५ रहेको छ । कहाँ कति थपिए ? सोमबार र मंगलबार पाल्पामा संक्रमण पुष्टि हुनेमा २० पुरुष र ८ महिला छन् । तानसेन नगरपालिकाभित्रका मात्रै थप १८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, रामपुर नगरपालिकाका १ जना, रैनादेवी छहरा गाउँपालिकाका ४ जना, बगनासकाली गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ । माथागढी, पूर्वखोला, रिब्दिकोट गाउँपालिकामा पनि थप १/१ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०७७  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update