Erani Mahal
सगरमाथाको उचाइ बढ्यो
sagarmatha
काठमाडौं – विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । नेपाल र चीनले एकै पटक सगरमाथाको नयाँ उचाई मंगलबार सार्वजनिक गरेका हुन् । यसअघि सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर थियो । अहिले ८ हजार ८ सय ४८.८६ पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले घोषणा गर्नुभयो । करिब २ वर्षअघि विभागले सगरमाथाको मापन गर्न सुरु गरेको थियो । दुबै देशले छुट्टाछुट्टै स्रोत र साधन प्रयोग गरेर सगरमाथाको उचाइ मापन पूरा गरेका छन् । यसअघिको उचाइ ८८४८ मिटर सन् १९५४ सर्वे अफ इन्डियाले नापेको हो ।
प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०७७  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update