Erani Mahal
पाल्पा रामपुरका एकजना कोरोना संक्रमितको बुटवलमा मृत्यु
Death-from-corona
पाल्पा – पाल्पा रामपुरका एकजना कोरोना संक्रमितको रुपन्देहीको बुटवलमा मृत्यु भएको छ । रामपुर –४ का ६३ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान ११ बजे मृत्यु भएको हो । अस्पतालका अनुसार पुरुष ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि मंसिर ६ गते अस्पताल भर्ना हुनुभएको थियो । उहाँमा मंसिर १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०७७  १५:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update