Erani Mahal
श्रीकृष्णसंग एक्लिएको ६ वर्षपछि श्वेताले कसिन् लगनगाँठो
sweta-khadka
काठमाडौं – अभिनेत्री श्वेता खड्काले विवाह गर्नुभएको छ । उहाँले सोमबार धनगढीका विजयेन्द्र विजयेन्द्र सिंह राउतसंग दोस्रो विवाह गर्नुभएको हो । ६ वर्षअघि चर्चित अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह बन्धनमा बाँधिनुभएकी उहाँले श्रीकृष्णको मृत्युपछि विवाह नगर्ने घोषणा गर्नुभएको थियो । विवाह गरेको केही समयमै श्रीकृष्णको २०७१ साउन २५ मा निधन भएको थियो । श्वेताले चलचित्र ‘कहाँ भेटिएला’बाट श्रीकृष्णको जोडीको रुपमा नेपाली चलचित्रमा प्रवेश गर्नुभएको थियो । श्वेता हाल अभिनय, चलचित्र निर्माणसंगै व्यापार व्यवसायमा पनि आवद्ध हुनुहुन्छ ।
प्रकाशित मिति: सोमबार, मंसिर २२, २०७७  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update