Erani Mahal
पाल्पामा कोरोनाका नयाँ संक्रमितभन्दा निको हुने बढी
coronavirus-
पाल्पा - पाल्पामा पछिल्ला दिनमा कोरोनाका नयाँ संक्रमितभन्दा निको हुनेको संख्या धेरै देखिएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पछिल्लो दुई दिन (शनिबार र आईतबार) मा १५ नयाँ संक्रमित थपिँदा ३५ जना निको भएका छन् । त्यसअघि गत बिहीबार र शुक्रबार दु्ई दिनमा २९ जनामा संक्रमण पुष्टि भएको थियो भने ३३ जना संक्रमणमुक्त भएका थिए । नयाँ संक्रमितभन्दा निको हुने बढेसंगै सक्रिय कोरोना संक्रमितको संख्या घट्दै गएको छ । आईतबारसम्म पाल्पामा सक्रिय कोरोना संक्रमितको संख्या २ सयभन्दा कम रहेको छ । पाल्पामा मंसिर १० गते २ सय ५१ सक्रिय संक्रमित रहेकोमा मंसिर २१ गते आईतबार सक्रिय संक्रमितको संख्या घटेर १ सय ७८ मा झरेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । पाल्पामा पछिल्ला दिनमा परीक्षण घटेको छ । परीक्षण घटेसंगै नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढेको छ । परीक्षण घटेपनि कोरोना संक्रमणको जोखिम झन बढ्दो देखिएको छ । हालसम्म पाल्पामा १ हजार ६ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये १ हजार ४ सय ३९ जना निको भएका छन् । संक्रमितमध्ये २३ जनाको भने निधन भएको छ । स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण
प्रकाशित मिति: सोमबार, मंसिर २२, २०७७  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update