Erani Mahal
पाल्पामा १५ नयाँ कोरोना संक्रमित थपिँदा ३५ जना निको भए
corona-virus-covid-19
पाल्पा – पाल्पामा थप १५ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ । शनिबार र आईतबार दुई दिनमा विभिन्न प्रयोगशालामा ६१ नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यससंगै पाल्पामा कुल संक्रमितको संख्या १ हजार ६४० पुगेको छ । संक्रमितमध्ये २३ जनाको निधन भएको छ भने १ हजार ४३९ जना निको भएका छन् । शनिबार र आईतबार थप ३५ जना निको भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । पाल्पामा हाल १ सय ७८ जना कोरोनाका सक्रिय संक्रमित छन् । कहाँ कहाँ थपिए ? शनिबार र आईतबार थपिएका संक्रमितमध्ये ७ पुरुष र ८ महिला छन् । तानसेन नगरपालिका भित्रका ६ जना, रामपुर नगरपालिकाका २ जना, बगनासकाली गाउँपालिकाका ३ जना, तिनाउका २ जना, रैनादेवी छहरा र रिब्दीकोटका १/१ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रकाशित मिति: आइतबार, मंसिर २१, २०७७  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update