Erani Mahal
काफ्लेको नयाँ गीत ‘पहिलो माया गुमाए’ सार्वजनिक
Capture
पाल्पा – नव–गायक दिनेश काफ्लेले नयाँ गीत सार्वजनिक गर्नुभएको छ । पाल्पा सदरमुकाम तानसेनमा रहेर अध्ययनसंगै रेडियोमा आवद्ध पर्वत विहादी गाउँपालिकाका दिनेशले ‘पहिलो माया गुमाए’ बोलको लोकदोहोरी गीत सार्वजनिक गर्नुभएको हो । गीतमा लोकदोहीरीको क्षेत्रमा उदाउँदै गर्नुभएका काफ्ले र प्रतिक्षा गैरेको स्वर सुन्न सकिन्छ । गीतमा आयान न्यौपानेको शब्द/संगीत छ । गीतको भिडियोमा दिनेश र प्रतिक्षा स्वयंमले अभिनय गर्नुभएको छ । पाल्पाकै विभिन्न स्थानमा छायाँकन गरिएको भिडियोलाई राज राईले निर्देशन गर्नुभएको हो । रोशन धितालले सम्पादन गर्नुभएको भिडियो योग्सना डिजिटल म्युजिक प्रालिको यु्ट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । बाल्यकालदेखि नै गायनमा रुची राख्ने काफ्लेले यसअघि गुन, रुपै हेर्ने ऐना, पिरतिको नसा लगायतका गीत सार्वजनिक गरिसक्नुभएको छ । घर परिवारको प्रेरणाले गीत संगीतमा लागेको बताउनुहुने काफ्लेले भन्नुभयो, –‘गायनलाई निरन्तरता दिने सोँच हो । आउँदा दिनमा स्रोता÷दर्शकको चाहनाअनुसारका गीतहरु गाउँदै जानेछु ।’
प्रकाशित मिति: आइतबार, मंसिर २१, २०७७  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update