Erani Mahal
रैनादेवी छहराकाे न्यु स्टार युवा क्लब रचनात्मक कार्यमा सक्रिय
nn
पाल्पा - जिल्लाकाे रैनादेवी छहरा गाउँपालिका वडा न ८ सत्यवती इटिहामा अबस्थित श्री न्यु स्टार युवा क्लबले विभिन्न रचनात्मक काम गरेको छ । वि.स. २०५९ सालमा स्थापना भइ जिल्ला प्रशासन कार्यालय पाल्पामा विधिवत दर्ता भएकाे क्लबले युवा परिचालन गरेर सामाजिक, सांस्कृतिक, सरसफाइ, शैक्षिक र खेलकुद क्षेत्रमा काम गर्दै आईरहेकाे छ । उक्त क्लबले यस वर्षकाे तिहारमा देउसी भैलाेबाट रु ७९ हजार सङकलन गरी उक्त रकमले भलिबल खेलमैदान निर्माण, सुचनामुलक बाेर्ड निमार्ण, साउण्ड सिस्टम खरिद, डस्विन खरिद, भाडा बर्तन खरिद र अन्य क्लबलाई आवश्यक सामाग्री खरिद गरेको छ । क्लबले पाक्षिक रुपमा बाटो, टाेल सरसफाइ गर्ने गरेको, प्रत्येक टाेलमा डस्विन बितरण गरेको, प्रत्येक घरधुरीमा फाेहाेर सङकलन खाडल खनेकाे, स्वदेश तथा विदेशमा राेजगारी बाट घर फर्केका हरुलाइ स्वागत गर्ने गरेको क्लबका अध्यक्ष भेक बहादुर रानाले इरानीमहललाइ जानकारी दिनुभयो ।
प्रकाशित मिति: शनिबार, मंसिर २०, २०७७  १९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update