Erani Mahal
वेद युवा समूहको सक्रियता
Sarsafai
सुशिल बस्याल, पाल्पा (बगनासकाली) – पाल्पा जिल्ला बगनासकालीका गाउँपालिकास्थित वेद युवा समूहका युवाहरुले विभिन्न उदाहरणीय कार्य गर्दै आएका छन् । समूहका सदस्यहरु साप्ताहिक बैठक बस्दै समाज रुपान्तरण, र समाजमा सकारात्मक प्रभाव पार्न के गर्न सकिन्छ भन्नेबारे छलफल गर्दै आएको छ । खण्डहर भवनको संरक्षण गरी बगनासकाली युवा सूचना केन्द्र खोलेर प्रसंशनीय कार्य गर्दै आएको समूहले केही समयअघि ‘तपाईको मास्क खोई ?’ अभियानको शुरुवात गरेको थियो । समूहका अध्यक्ष बरुण बस्यालका अनुसार सो अभियान अन्तर्गत कोरोना भाइरस रोकथामका लागि सचेतना फैलाउन मुख्य चोकहरूमा ‘तपाईको मास्क खोई’ लेखिएको व्यानर टासिएको र सडकमा यात्रा गर्नेहरुले मास्कको प्रयोग नगरेको भए मास्कको महत्व बुझाउँदै मास्क उपलब्ध समेत गराईएको थियो । समूहले बिहीवार मात्रै सूचना केन्द्रको आसपासमा सरसफाई गरेको सह–सचिव सुशिल बस्यालले बताउनुभयो । १६ जनाको उपस्थितिमा सरसफाई गरिएको र सरसफाईपश्चात केही प्रस्तावहरुमाथी छलफल समेत गरिएको बस्यालले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०७७  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update