Erani Mahal
बिहीवार पाल्पामा थप १४ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १६ सय नाघ्यो
coronavirus_
पाल्पा - बिहीवार पाल्पामा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ५० जनाको पीसीआर परीक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । संक्रमितमध्ये १२ जना पुरुष र २ जना महिला रहेका छन् । बिहीबार तानसेन नगरपालिकाका ६ जना, रामपुर नगरपालिकाका १ जना, पूर्वखोला गाउँपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, माथागढी, तिनाउ, रैनादेवी छहरा र रम्भा गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । लुम्बिनी प्रादेशिक अस्पताल, नेशनल प्याथ ल्याब बुटवल, लुम्बिनी मेडिकल कलेजको प्रयोगशाला र पाल्पा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुलाई संक्रमण पुष्टि भएको हो । बिहीबार पुष्टि भएकासंगै पाल्पामा कोरोना संक्रमितको संख्या १ हजार ६१० पुगेको छ । पाल्पामा संक्रमितमध्ये १ हजार ३७१ जना निको भएका छन् भने हाल सक्रिय संक्रमितको संख्या २ सय १६ रहेको छ । पाल्पामा हालसम्म कोरोना संक्रमणबाट २३ जनाको निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०७७  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update